१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सयुक्त विद्यार्थी संगठनद्वारा चक्काजाम

१६ चैत्र २०७४, शुक्रबार ०९:००

चैत १६, काठमाडौँ | यही चैत २३ गते हुनगइरहेको शिक्षकको आन्तरिक परीक्षा स्थगितको माग राख्दै आज सयुक्त विद्यार्थी संगठनले एक घण्टा चक्काजाम गरेका छन् । 

उनीहरुले शिक्षक सेवा आयोगले लिइने उक्त परीक्षामा अस्थायी शिक्षकलाई स्थायी बनाउन लागेका भन्दै परीक्षा स्थगितको माग गरी दिउँसो १२ देखि १ बजेसम्म माइतीघर मण्डलामा चक्का जाम गरेका हुन् । 

चक्का जामका कारण उक्त क्षेत्रको सवारी साधन चल्न पाएनन । 

उनीहरुले शिक्षा ऐन–२०२८ को नवांै संशोधन बमोजिम आन्तरिक विज्ञापन गरी अस्थायी शिक्षकलाई स्थायी बनाउन लागेको भन्दै परीक्षा स्थगितको माग गरेका हुन । 

चक्काजामपछि आयोजित सभामा नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले परीक्षा स्थगित गरी शिक्षक अनुमतिपत्र लिएका दक्षजनशक्तिलाई समावेश गरी पुनःविज्ञापन समेत गर्न माग गर्नुभयो । 

उहाँले हालै गरिएको शिक्षा ऐन–२०२८ को नवांै संशोधन खारेज गर्न समेत माग गर्नुभयो । 

कार्यक्रममा अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले पढेलेखेका दक्षजनशक्तिलाई पन्छाएर पुराना शिक्षकलाई स्थायी गर्न नमिल्ने बताउनुभयो । 

‘‘पढेलेखेका दक्ष विद्यार्थीको भविष्यलाई अन्धाकार बनाउन पाइदैन’’ उहाँले भन्नुभयो–‘‘यथाशक्य परीक्षा स्थगित गर्ने निर्णय गरियोस् ।’’ 

यसैगरी अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौलाले परीक्षा स्थगित नहँुदासम्म आन्दोलन जारी रहने बताउँदै सरकारले बल प्रयोग गरी परीक्षा सञ्चालन गरे त्यसको प्रतिवादसमेत गर्ने धारणा व्यक्त गर्नुभयो । 

परीक्षा स्थगितको माग गदै त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा अध्ययन गरेका हेमराज थापा, राजन लम्साल र मिलन बाँस्तोला यही चैत १२ गतेदेखि माइतीघर मण्डलामा आमरण अनशनमा बसेका छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह