२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सयुक्त विद्यार्थी संगठनद्वारा चक्काजाम

२०७४, १६ चैत्र शुक्रबार ०९:००

चैत १६, काठमाडौँ | यही चैत २३ गते हुनगइरहेको शिक्षकको आन्तरिक परीक्षा स्थगितको माग राख्दै आज सयुक्त विद्यार्थी संगठनले एक घण्टा चक्काजाम गरेका छन् । 

उनीहरुले शिक्षक सेवा आयोगले लिइने उक्त परीक्षामा अस्थायी शिक्षकलाई स्थायी बनाउन लागेका भन्दै परीक्षा स्थगितको माग गरी दिउँसो १२ देखि १ बजेसम्म माइतीघर मण्डलामा चक्का जाम गरेका हुन् । 

चक्का जामका कारण उक्त क्षेत्रको सवारी साधन चल्न पाएनन । 

उनीहरुले शिक्षा ऐन–२०२८ को नवांै संशोधन बमोजिम आन्तरिक विज्ञापन गरी अस्थायी शिक्षकलाई स्थायी बनाउन लागेको भन्दै परीक्षा स्थगितको माग गरेका हुन । 

चक्काजामपछि आयोजित सभामा नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले परीक्षा स्थगित गरी शिक्षक अनुमतिपत्र लिएका दक्षजनशक्तिलाई समावेश गरी पुनःविज्ञापन समेत गर्न माग गर्नुभयो । 

उहाँले हालै गरिएको शिक्षा ऐन–२०२८ को नवांै संशोधन खारेज गर्न समेत माग गर्नुभयो । 

कार्यक्रममा अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले पढेलेखेका दक्षजनशक्तिलाई पन्छाएर पुराना शिक्षकलाई स्थायी गर्न नमिल्ने बताउनुभयो । 

‘‘पढेलेखेका दक्ष विद्यार्थीको भविष्यलाई अन्धाकार बनाउन पाइदैन’’ उहाँले भन्नुभयो–‘‘यथाशक्य परीक्षा स्थगित गर्ने निर्णय गरियोस् ।’’ 

यसैगरी अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौलाले परीक्षा स्थगित नहँुदासम्म आन्दोलन जारी रहने बताउँदै सरकारले बल प्रयोग गरी परीक्षा सञ्चालन गरे त्यसको प्रतिवादसमेत गर्ने धारणा व्यक्त गर्नुभयो । 

परीक्षा स्थगितको माग गदै त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा अध्ययन गरेका हेमराज थापा, राजन लम्साल र मिलन बाँस्तोला यही चैत १२ गतेदेखि माइतीघर मण्डलामा आमरण अनशनमा बसेका छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन