१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर छलेर मोबाइल भित्रने क्रमलाई रोक्नुपर्छ: सञ्चार राज्यमन्त्री

१६ चैत्र २०७४, शुक्रबार १२:००

चैत १६, काठमाडौँ | सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कर छलेर मोबाइल भित्रने क्रमलाई रोक्नुपर्ने बताउनुभएको छ । 

नेपाल मोबाइल वितरक संघद्वारा आज यहाँ आयोजित प्रथम राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै उहाँले व्यापारीको लगानी सुनिश्चित गर्न र करमा देखिएको छली रोक्न सबै व्यापारी एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । 

राज्यमन्त्री बाँस्कोटाले मोबाइल फोनले जीवन शैलीमा सहजता ल्याउनुका साथै राष्ट्रिय अर्थतन्त्रमासमेत टेवा पुग्ने बताउँदै यस व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउँदै लैजानुपर्ने विचार व्यक्त गर्नुभयो । 

नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालले नेपालमा विभिन्न कम्पनीका करिब चार हजारको हाराहारीमा मोबाइलका मोडलको स्तर स्वीकृति भएको जानकारी दिँदै आइएमइआइ रजिष्टेसन गर्नुपर्ने बाध्यकारी नियम आएपछि करछलीबाट आएका मोबाइलमा केही कमी आएको बताउनुभयो । 

मोबाइल फोन इम्पोर्टर एशोसियनसनका अध्यक्ष दीपककुमार मल्होत्राले मोबाइलमा हुने कालोबजारीलाई रोक्न आफूहरू लागिपरेको भन्दै ग्राहकको चाहनाअनुरुप स्तरीय सेवा सुविधा उपलब्ध गराउन प्रतिबद्ध रहेको बताउनुभयो । 

आयोजक संघका अध्यक्ष माधवप्रसाद रिजालले मोबाइलमा देखिएका विभिन्न किसिमको विकृतिलाई हटाउँदै जाने बताउँदै गुणस्तरहिन मोबाइल भित्रने क्रमलाई रोक्न राज्यले विशेष ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । 

कार्यक्रममा राज्यमन्त्री बाँस्कोटाले नेपाल मोबाइल वितरक संघ नामक स्मारिकाको विमोचनसमेत गर्नुभयो । 

एक तथ्याङ्कअनुसार नेपालमा एक वर्षमा रु २५ अर्ब बराबरको मोबाइल विक्री हुने गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह