२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हामी भारतमा माग्न जाँदै छैनौंः मन्त्री प्रदिप ज्ञवाली

१६ चैत्र २०७४, शुक्रबार १४:१३

प्रेम सुनार । चैत्र–१६, गुल्मी ।  अव छिट्टै हुन गई रहेको प्रधानमन्त्रीको भारत भ्रमण बारे बोल्दै परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले यो भ्रमण नितान्त दुई देश विचको सम्वन्ध सुधार विकासको साँझेदारीका लागि उच्च स्तरिय भ्रमण भएको बताएका छन् । एक कार्यक्रमका लागि  आज गुल्मी आएका मन्त्री ज्ञवाली भने हामी भारतमा माग्न जाँदै छैनौ , सम्वन्ध सुधारका लागि मात्र जाँदै छौ ।

उनले भने–‘विगतमा दुई देश विच केहि तिक्ताहरु  रह्यो , त्यस बाट भारत नेपाल दुवैले पाठ सिकी सकेका छौं, यसर्थ पनि दुई देश विचको सम्वन्ध सुमधुर हुनै पर्छ यहि नै भ्रमण मुख्य उद्देश्य हो , यो भ्रमणमा  सरकारले कुनै सन्धी सम्झौता लिएर जाँदै छैन् ।’

उनले भारत सरकार संग नेपाल सरकार माग्न जाने परम्परालाई निरन्तरता नदिने तर भारतले चाहे नेपाल सरकारले  मुलुकको  हित हुने खालको सम्झौता भने गर्न सक्ने बताए ।

उनले थपे–‘ नेपाल लगानीका लागि शान्त र सुरक्षित छ  यसर्थ पनि  चिन र भारत  यहाँ लगानी गर्न उत्सुक छन् यसर्थ पनि हामी  संग वरावर सुमधुर सम्वन्ध राख्न ति दुई मुलुक पनि चाहन्छन र हामी पनि चाहन्छौं ।’

सरकार चार अर्वको खाडलमा

अघिल्लो सरकारले गरेका निर्णयहरुका कारण अहिलेको सरकार चार अर्व रकमको  खाडलमा परेको मन्त्री ज्ञवालीले बताए ।  उनले भने–‘भुकम्प पिडितलाई एक एक लाख बृद्धि, सामाजिक सुरक्षा भत्तामा उमेर कम र कर्मचारीको शैक्षिक अवकास जस्ता विषयमा अघिल्लो काम चलाउ सरकारले दुर्गामी असरको ख्यालै नगरी गरेको निर्णयका कारण अहिलेको सरकार चार खर्वको खाडलमा परेको छ । ’

जनतालाई निरास हुन नदिने

मन्त्री ज्ञवालीले वामगठबन्धन लाई जनताले झण्डै  झण्डै दुई तिहाई वहुमत दिए अनुरुप आफुहरुको सरकारले जनताको अपेक्षा पुरा गरेरै छाड्ने बताए । उनले भने हामी कुनै हालतमा निरास हुन दिने छैनौं ।

उनले गृह जिल्लामा रेसुङ्गा विमान स्थल, कालिगण्डकी कोरिडोर ,  रिडी रुद्रवेणी वामीटक्सार सडक जस्ता ठुला योजनाहरु छिट्टै सम्पन्न गर्ने,  गुल्मी सहित देशैभरका जनताको यो सरकार प्रतिको अपेक्षामा निरासा आउन नदिने  प्रतिबद्धत्ता प्रकट गरे ।

वाम एकता बैशाख ९ भित्रमै

नेकपा एमालेका सचिव समेत रहेका मन्त्री ज्ञवालीले आफु पनि वाम एकता संयोजन समितिमा रहेको हिजो राती अवेर सम्म एकताको अन्तिम टुङ्गोमा पुगिएको बताए ।

उनले भने–‘ ल हेर्नुस मेरा आँखा, गएराती अवेर सम्म नसुतेर हामीले विद्यान मस्यौदाको अन्तिम टुङ्गो लगाएका छौं ,  बैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टीको  स्थापना दिवसका दिन वा त्यो भन्दा अघि नै पार्टी एकताको घोषणाको तयारीमा लागेका छौं ।’

उनले वाम एकता नहुने विषयमा फेशबुके कुरा नगर्न आग्रह  गरे । उनले अव भागबन्डाको कुरा हुँदै नहुने पार्टी एकता भएरै छाड्ने ठोकुवा नै गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल