२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिपीका भरपर्दा युवक थिए खुम बहादुर खड्का

२०७४, १६ चैत्र शुक्रबार १६:४२

चैत १६, काठमाडौँ (रासस) | मिर्गौला, नशा र छातीको संक्रमणबाट पीडित खड्काको ६७ वर्षका उमेरमा उपचारका क्रममा भारतको नयाँ पदल्लीस्थित एपोलो अस्पतालमा आज निधन भएको हो । उहाँको पार्थिव शरीर नेपाल ल्याइएपछि पार्टीले श्रद्धाञ्जलिका लागि काँग्रेस केन्द्रीय कार्यालयमा राख्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । काँगे्रसका प्रभावशाली नेता खड्का काँग्रेसका संस्थापक बिपी कोइरालाका भरपर्दा युवकका रुपमा रहनुभएको थियो । 

विसं २०३३ पुस १६ गते बिपी राष्ट्रिय मेलमिलापको नीति लिएर निर्वासनबाट स्वदेश फर्कँदा खड्का उहाँसँगै हुनुहुन्थ्यो । निर्वासनबाट बिपीसँग गणेशमान सिंह, शैलजा आचार्य, नीलाम्बर पन्थी, रामबाबु प्रसार्इं र युवा नेता खड्का आउनुभएको थियो । 

नेपाली काँग्रेस विभाजित भई गठित नेपाली काँग्रेस(प्रजातान्त्रिक)मा उहाँ महामन्त्रीको भूमिकामा रहनुभएको थियो । काँग्रेसको १३औँ महाधिवेशनमा उहाँ अत्यधिक मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो । दाङबाट प्रतिनिधिसभामा तीन पटक लगातार निर्वाचित भई उहाँले पटक पटक गरेर निर्माण तथा यातायात, गृह, जलस्रोत र स्थानीय विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन