2026-06-28 02:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्वाटरमा तरकारी फलाउँदै मन्त्री तामाङ

2018-04-02

चैत १९, ललितपुर | कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले बिहीबार मन्त्री निवासमा रहेको जग्गामा तरकारी लगाउन खनजोत गर्नुभएको छ । 

बिहान मन्त्री तामाङसँगै उहाँकी श्रीमती प्रदेश नं १ की संसद् उषाकला राईले पनि डोजर चलाउन सहयोग गर्नुभयो । कार्यकर्ता, सुरक्षाकर्मी, पत्रकारलगायत मन्त्रीले डोजर चलाएको हेर्न र फोटो खिच्नका उपस्थित थिए । 

उहाँले क्वाटरमा कार्यरत कर्मचारीलाई आफूलाई पुग्ने तरकारी यही फलाउन निर्देशनसमेत दिनुभयो । 

मन्त्री तामाङले जमिन बाँझो राखेर खाद्यान्न आयात गर्ने क्रम रोक्नका लागि आफूले यहाँको जमिन खनजोत गर्न थालेको बताउनुभयो । मन्त्री क्वाटरमा रहेको जमिनमा तरकारी लगाए यहाँ तरकारी किन्नु पर्दैन । उहाँले भन्नुभयो, “अब सबै मन्त्रीहरूमा कसले राम्रो तरकारी फलाउने भन्ने प्रतिष्पर्धा हुनुपर्छ ।” 

नेपालमा भित्रिने धेरै विप्रेषण खाद्यान्न खरिदकै लागि विदेशिने गरेको छ भन्दै उहाँले झण्डै रु एक खर्ब खाद्यान्नका लागि बाहिरिने गरेको तथ्याङ्क छ । अबको दुई वर्षमा नै नेपाललाई खाद्यान्न, फलफूल, दूधलगायतमा आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो। 

जमिन बाँझो राख्न नहुने कानूनी व्यवस्थालाई कडाइका साथ लागू गराउन पहल गरिनेमा पनि मन्त्री तामाङले जोड दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी