२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसदद्वारा शोक प्रस्ताव पारित

२०७४, १९ चैत्र सोमबार ०८:४४

चैत १९, काठमाडौँ | प्रतिनिधिसभा र राष्ट्रियसभाको आजको अलगअलग बैठकले नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री खुमबहादुर खड्काको शोक प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । 

बानेश्वरस्थित संघीय संसद् भवनमा आज बसेको अलगअलग बैठकले पूर्वमन्त्री खड्काको निधनप्रति एक मिनेट मौनधारणसमेत गरिएको थियो । 

खड्का विसं २०४८, २०५१ र २०५६ सालमा दाङबाट प्रतिनिधिसभामा नेपाली काँग्रेस पार्टीका तर्फबाट निर्वाचित सदस्य खड्काको यही चैत १६ गत ६७ वर्षको उमेरमा निधन भएको थियो । 

लामो समय प्रवास र जेल जीवनसमेत व्यतित गर्दै प्रजातन्त्रको पुनःस्थापनाको आन्दोलमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका नेता एवं समाजसेवी स्व खड्काले विभिन्न समयमा भौतिक योजना, स्थानीय विकास, गृह, वन तथा भू–संरक्षण, आपूर्ति एवं जलस्रोत मन्त्रालयको कार्यभार सम्हाल्नुभएको थियो । 

प्रतिनिधिसभाको अर्को बैठक भोलि मंगलबार दिनको १ बजे र राष्ट्रियसभाको अर्को बैठक अपराह्न ४ बजे बस्नेछ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन