१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय हितलाई प्राथमिकतामा राख्नुपर्छ: पूर्वमन्त्री थापा

१९ चैत्र २०७४, सोमबार १०:५४

चैत १९, काठमाडौँ | पूर्व राजदूत डा भेषबहादुर थापाले प्रधानमन्त्रीको भारत भ्रमणमा मुलुकको राष्ट्रिय हित तथा राष्ट्रियतालाई संरक्षण गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ । 

रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा राजनीतिज्ञ थापाले नेपाली जनताको चाहना राष्ट्रलाई बलियो र समृद्ध बनाउने भएको हुँदा सोही जनादेशअनुसार वर्तमान सरकार निर्माण भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “जनादेश नै आन्तरिक राज्य सञ्चालनको गोरेटो हो, नेपाली झुक्न तयार नभएको सन्देश सरकारले कूटनीतिक माध्यमबाट दिनुपर्छ ।” 

पूर्व अर्थमन्त्रीसमेत हनुभएका थापाले पञ्चेश्वर परियोजना सञ्चालन गर्न १७ वर्ष अगाडि दस्तखत भएको भएपनि कार्यान्वयन अहिलेसम्म हुन नसकेको बताउँदै नेपालको हितमा रहेका विगतका केही योजना कार्यान्वयनका लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो । 

नेपाल मानव संशाधन निर्यात गरी वस्तु आयात गर्ने राष्ट्रका रुपमा विकास हुँदै गएकामा चिन्ता व्यक्त गर्दै अर्थविद् थापाले भारतसँगको व्यापार घाटा न्यूनीकरणका लागि समेत छलफल गर्नुपर्ने सुझाव दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह