२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय हितलाई प्राथमिकतामा राख्नुपर्छ: पूर्वमन्त्री थापा

२०७४, १९ चैत्र सोमबार १०:५४

चैत १९, काठमाडौँ | पूर्व राजदूत डा भेषबहादुर थापाले प्रधानमन्त्रीको भारत भ्रमणमा मुलुकको राष्ट्रिय हित तथा राष्ट्रियतालाई संरक्षण गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ । 

रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा राजनीतिज्ञ थापाले नेपाली जनताको चाहना राष्ट्रलाई बलियो र समृद्ध बनाउने भएको हुँदा सोही जनादेशअनुसार वर्तमान सरकार निर्माण भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “जनादेश नै आन्तरिक राज्य सञ्चालनको गोरेटो हो, नेपाली झुक्न तयार नभएको सन्देश सरकारले कूटनीतिक माध्यमबाट दिनुपर्छ ।” 

पूर्व अर्थमन्त्रीसमेत हनुभएका थापाले पञ्चेश्वर परियोजना सञ्चालन गर्न १७ वर्ष अगाडि दस्तखत भएको भएपनि कार्यान्वयन अहिलेसम्म हुन नसकेको बताउँदै नेपालको हितमा रहेका विगतका केही योजना कार्यान्वयनका लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो । 

नेपाल मानव संशाधन निर्यात गरी वस्तु आयात गर्ने राष्ट्रका रुपमा विकास हुँदै गएकामा चिन्ता व्यक्त गर्दै अर्थविद् थापाले भारतसँगको व्यापार घाटा न्यूनीकरणका लागि समेत छलफल गर्नुपर्ने सुझाव दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन