२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अर्घाखाँचीका स्थानिय तहलाई सरोकारवालाहरुको यस्तो सुझाब

२०७४, १९ चैत्र सोमबार १५:३१

चैत्र १९, अर्घाखाँची | अबको शिक्षा उत्पादनमुखी,प्राबिधिक र बैज्ञानिक किसिमको हुने गरि शिक्षा निति बनाउन स्थानिय तहलाई सरोकारवालाहरुले सुझाब दिएका छन् ।मुलुकको नयां संरचाना अनुसार माध्यमिक तह सम्मको शिक्षा संचालनको सम्पूर्ण जिम्मेवारी स्थानिय सरकारलाई दिएको सन्दर्भमा हिजोका दिनमा शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधान गर्दै सम्पूर्ण पक्षबाट बैज्ञानीक ऐन र निति बनाई शिक्षा संचालन गर्नुपर्ने उनिहरुको सुझाव रहेको छ ।

सन्धिखर्क नगरले तयार पारेको नगर शिक्षा ऐन तथा शिक्षा नियमावली २०७४ को मस्यौदा माथी सुझाव संकलन गर्न आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले यस्तो सुझाव दिंदै स्थानिय सरकारले संचालन गर्ने शिक्षा स्थानिय भुगोल,संस्कृति,बिभिन्न बर्गिय परिवेश,स्थानिय आवस्यकतालाई समेट्ने र शैक्षिक बेरोजगारको अन्त्य गर्दै राष्ट्रको समृद्धिमा टेवा पुर्याउने शिक्षा नै आजको आबस्यकता भएकोले सोही अनुसार शिक्षा निति बनाएर अगाडि बढ्न सन्धिखर्क नगरलाई सुझाव दिएका छन् । 

सन्धिखर्क नगर प्रमुख कमल प्रसाद भुसालको अध्यक्षता,प्रशासकिय कार्यकारी अधिकृत रमेश गौतमको स्वागत तथा बिषय प्रवेश र नगर शिक्षा अधिकृत बलराम मिश्रको संचालनमा सम्पन्न कार्यक्रममा जिल्ला शिक्षा अधिकारी लिल बहादुर राउत क्षत्री, अधिबक्ता जगन्नाथ भुसाल,सम्पूर्ण शिक्षक संगठन र प्र.अ.को तर्फबाट अर्घा रजस्थल मा.वि.का प्र.अ.शालिकराम भुसाल, ब्याबसन प्रदेश ५ का उपाध्यक्ष श्रीकृष्ण भुसाल, पत्रकार महासंघ अर्घाखाँचीका उपाध्यक्ष गणेश खनाल र सम्पूर्ण बिद्यार्थी संगठनको तर्फबाट अखिल छैठौंका जिल्ला अध्यक्ष गोपाल प्रसाद भट्टराईले नगर शिक्षा ऐन तथा नियमावली माथी सुझाव सहित आ–आफ्नो मन्तव्य राख्नुभएको पत्रकार गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा