२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अर्घाखाँचीका स्थानिय तहलाई सरोकारवालाहरुको यस्तो सुझाब

१९ चैत्र २०७४, सोमबार १५:३१

चैत्र १९, अर्घाखाँची | अबको शिक्षा उत्पादनमुखी,प्राबिधिक र बैज्ञानिक किसिमको हुने गरि शिक्षा निति बनाउन स्थानिय तहलाई सरोकारवालाहरुले सुझाब दिएका छन् ।मुलुकको नयां संरचाना अनुसार माध्यमिक तह सम्मको शिक्षा संचालनको सम्पूर्ण जिम्मेवारी स्थानिय सरकारलाई दिएको सन्दर्भमा हिजोका दिनमा शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधान गर्दै सम्पूर्ण पक्षबाट बैज्ञानीक ऐन र निति बनाई शिक्षा संचालन गर्नुपर्ने उनिहरुको सुझाव रहेको छ ।

सन्धिखर्क नगरले तयार पारेको नगर शिक्षा ऐन तथा शिक्षा नियमावली २०७४ को मस्यौदा माथी सुझाव संकलन गर्न आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले यस्तो सुझाव दिंदै स्थानिय सरकारले संचालन गर्ने शिक्षा स्थानिय भुगोल,संस्कृति,बिभिन्न बर्गिय परिवेश,स्थानिय आवस्यकतालाई समेट्ने र शैक्षिक बेरोजगारको अन्त्य गर्दै राष्ट्रको समृद्धिमा टेवा पुर्याउने शिक्षा नै आजको आबस्यकता भएकोले सोही अनुसार शिक्षा निति बनाएर अगाडि बढ्न सन्धिखर्क नगरलाई सुझाव दिएका छन् । 

सन्धिखर्क नगर प्रमुख कमल प्रसाद भुसालको अध्यक्षता,प्रशासकिय कार्यकारी अधिकृत रमेश गौतमको स्वागत तथा बिषय प्रवेश र नगर शिक्षा अधिकृत बलराम मिश्रको संचालनमा सम्पन्न कार्यक्रममा जिल्ला शिक्षा अधिकारी लिल बहादुर राउत क्षत्री, अधिबक्ता जगन्नाथ भुसाल,सम्पूर्ण शिक्षक संगठन र प्र.अ.को तर्फबाट अर्घा रजस्थल मा.वि.का प्र.अ.शालिकराम भुसाल, ब्याबसन प्रदेश ५ का उपाध्यक्ष श्रीकृष्ण भुसाल, पत्रकार महासंघ अर्घाखाँचीका उपाध्यक्ष गणेश खनाल र सम्पूर्ण बिद्यार्थी संगठनको तर्फबाट अखिल छैठौंका जिल्ला अध्यक्ष गोपाल प्रसाद भट्टराईले नगर शिक्षा ऐन तथा नियमावली माथी सुझाव सहित आ–आफ्नो मन्तव्य राख्नुभएको पत्रकार गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान