१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संघीयता खारेज गर्न माग

१९ चैत्र २०७४, सोमबार १६:५६

चैत १९, काठमाडौँ | राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता कार्यान्वयनमा चुनौति देखिएकाले त्यसलाई खारेज गर्नुपर्ने माग गर्नुभएको छ । 

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधानअनुसार प्रादेशिक संरचनामा बढेको खर्च धान्न मुस्किल रहेको उल्लेख गर्दै देशको आर्थिक अवस्था कमजोर रहेको अवस्थामा अहिले मुलुकमा संघीयता कार्यान्वयन हुन नसक्ने बताउनुभयो । 

अध्यक्ष केसीले प्रादेशिक व्ययभारको कारणले पूर्वाधार विकासका कार्यमा अवरोध पुग्ने बताउँदै राजनीतिक दलले संघीयताका लागि संघर्ष गरेको इतिहास नभएकाले यसले जातीय र क्षेत्रीय बिग्रह तथा विखण्डनको स्थिति ल्याउने सक्ने विचार व्यक्त गर्नुभयो । 

राजनीतिक दलले स्थानीय तहमा दिएको अधिकार अत्यन्त महत्वपूर्ण भएको बताउँदै उहाँले विकेन्द्रीकरणको आधारमा संविधान संशोधन गरी संघीयता खारेज गरी देश र जनताको हितमा कार्य गर्न राजनीतिक दल र सरकारसंग आग्रह गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह