२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

कर्णालीमा हिरा छ कालीगढ छैनन्: मन्त्री भण्डारी

२०७४, २१ चैत्र बुधबार ०६:२०

नन्द बहादुर रोकाया/चैत २१ मुगु | कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले कर्णाली प्रदेशमा हिरा भएको तर कालीगढ नभएकाले समस्या भएको बताउनुभएको छ । रारा कर्णाली पर्यटन वर्ष २०७५को तयारीका लागि रारा पुग्नुभएका मन्त्री भण्डारीले राराताल जस्ता धेरै हिरा कर्णाली प्रदेशमा रहेका तर संरक्षण प्रचार प्रसार गर्नको लागि कालीगढ नभएकाले ओझेलमा परेका बताउनुभयो ।


मन्त्री रारा महोत्सव मात्र नभई रारा कर्णाली पर्यटन वर्ष २०७५को शुभारम्भ रारा तालबाट गरिने र यो पर्यटन वर्ष २०७५ सालभरी नै विभिन्न कार्यक्रम गरी मनाईने जानकारी समेत गराउनुभयो ।

मुगुवासीले पर्यटन वर्षमा स्थानीय उत्पादनलाई कोसेलीको रुपमा पर्यटकलाई उपलब्ध गराउनु पर्ने कृषि तथा शहकारी मन्त्री विमला केसीले बताउनुभयो ।

वन तथा पर्यटन उद्योग मन्त्री नन्दसिंह बुढाले कर्णालीको गरिबी र भोकमरीलाई न्यूनीकरण गर्न र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर आयश्रोत वृद्धि गर्न प्रदेश सरकारले २०७५ साल भरि रारामा पर्यटन वर्ष मनाउने निर्णय गरेको बताउनुभयो । रारा–कर्णाली पर्यटन वर्षमा कम्तीमा ५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको उहाँको भनाई छ ।

रारामा फ्रि वाई फाई 

नेपालकै सबै भन्दा ठुलो ताल रारामा आउदौ बैशाख १ गते रारा कर्णाली पर्यटन बर्ष २०७५को शुभारम्भ संगै रारामा फ्रि वाई फाइ को सेवा जडान गरीने भएको छ । रारा आउने आन्तरिक तथा बाह्य पर्यटक लाई मध्यनजर गदै रारा ताल वरपर फ्रि वाई फाई ब्याबस्था गरीने भएको हो । 

रारा कर्णाली पर्यटन बर्ष २०७५ को पुर्व तयारीका लागि मुगु आई पुग्नु भएका आन्तरिक मामिला तथा कानुन(गृह) मन्त्री नरेश भण्डारी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र प्रदेश सरकारका प्रवक्ता, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले यस्तो बताउनुभयो ।

रारा आउने पर्यटकले रारा तालको छेउमा बसी देश बिदेशमा राराको वर्णन संगै रारामा आउदाँ मनोरञ्जनका लागी फ्रि वाई फाईको ब्याबस्था गरीने मन्त्रीहरुले बताउनुभयो । भु स्वर्ग जस्तो रारामा आउने पर्यटक लाई रारा तालको छेउमा बसेर पर्यटकलाई सुचना प्रबिधिमा पहुच पुर्याउन उनिहरुलाई अभ्यस्त बनाउन रारा थाल वरिपरी निःशुल्क वाई फाईको ब्याबस्था गरीने आन्तरिक मामिला तथा कानुन(गृह) मन्त्री नरेश भण्डारीको भनाई छ  ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन