१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारत भ्रमणबारे पूर्व प्रधानमन्त्रीहरुको सुझाव

२१ चैत्र २०७४, बुधबार १०:०६

चैत २१, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न मित्रराष्ट्र भारतको भ्रमण सद्भावना भ्रमण भएको बताउनुभएको छ । 

बालुवाटारमा आज पूर्व प्रधानमन्त्रीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले मित्रराष्ट्र भारत भ्रमण देशको हितका लागि हुनेसमेत स्पष्ट पार्नुभयो । 

प्रधानमन्त्री ओलीले भन्नुभयो, “यसपालिको भ्रमणमा कुनै सन्धि सम्झौता हुँदैनन्, देशको अहितमा कुनै काम गरिँदैन, विगतका सन्धि सम्झौता कार्यान्वयनमा जोड दिइने छ ।” प्रधानमन्त्री ओलीले मित्रराष्ट्र भारतको भ्रमणले दुई देशबीचको सम्बन्ध सुमधुर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो । 

सो अवसरमा पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्द मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलाराज रेग्मीको उपस्थिति थियो । 

पूर्व प्रधानमन्त्रीहरुले प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताको शुभकामना दिनुभएको थियो । नेपाल–भारत सम्बन्धलाई थप सुमधुर बनाउन पहल गर्नुपर्ने धारणा राख्नुभएको थियो । उहाँहरुले पुरानो मानसिकता राखेर २१औँ शताब्दीको सम्बन्ध विकास गर्न नसकिने धारणा राख्नुभएको थियोे । 

पूर्व प्रधानमन्त्री माधव नेपालले आफ्नो अडानमा स्थिर हुन प्रधानमन्त्री ओलीलाई सुझाव दिनुभएको छ । उहाँँले थप्नुभयो, “नेपाल–भारत सम्बन्ध भाइ–भाइको हैन, मित्र–मित्र जस्तो हुनु हुनुपर्छ ।” 

पूर्व प्रधानमन्त्री दाहालले संविधान निर्माण र नाकाबन्दीका बेला अप्ठ्यारोमा परेको नेपाल–भारत सम्बन्ध अहिले सुधार भएको उल्लेख गर्दै भन्नुभयो, “भारतलाई हामीले संविधान कार्यान्वयनमा गइसक्यो, खास समस्या छैन भनेर बुझाउनुपर्छ ।” 

पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल–भारतबीच रहेको उच्च व्यापार घाटालाई कम गराउने विषयमा छलफल केन्द्रित गर्नुपर्ने बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह