१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सहज तवरले पार्टी एकता हुन्छः अध्यक्ष दाहाल

२१ चैत्र २०७४, बुधबार १२:४६

चैत २१, काठमाडौँ | नेकपा (माओवादी केन्द्र)का अध्यक्ष ‘प्रचण्ड’ले नेकपा (एमाले) र आफ्नो पार्टीलाई सहज हुने गरी पार्टी एकता प्रक्रिया टुंगो लगाउने तयारी भइरहेको बताउनुभएको छ । 

माओवादी केन्द्रको संसदीय दलको आज बसेको बैठकलाई सम्बोधन गर्दै उहाँले दुवै पार्टीलाई सहज हुनेगरी पार्टी एकता टुंग्याउने तयारी भइरहेको बताउनु भएको हो । 

बैठकमा अध्यक्ष दाहालले भन्नुभयो, “पार्टी एकता प्रक्रिया सहज ढंगले अघि बढिरहेको छ । हिजो मात्र हामीले राजनीतिक प्रतिवेदन र विधान मस्यौदा कार्यदलको प्रतिवेदन बुझेका छौँ । दुवै पार्टीलाई सहज हुने गरी एकता टुंग्याउन हामी लागिरहेका छौँ ।” 

अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन मस्यौदा समितिको प्रतिवेदनमा दुवै पार्टीको मतैक्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मस्यौदा समितिले एकताको साझा प्रतिवेदन बुझाएको छ, त्यसमा हामी एकमत छौँ । विधानका केही कुरामा साझा धारणा बन्न बाँकी छ, त्यसलाई एकता संयोजन समितिको बैठकमा टुंगो लगाउँछौँ ।” 

भित्र र बाहिर दुवैतिरबाट एकता हुन नदिन चलखेल भइरहेको भन्दै अध्यक्ष दाहालले कुनै पनि अवरोधले एकता प्रक्रियालाई रोक्न नसक्ने उल्लेख गर्नुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “चलखेलले एकता रोक्न सक्दैन, सांसदहरुले पनि सचेत ढंगले एकताको पक्षमा भूमिका खेल्नुहोला । चलखेलबाट प्रभावित नभई एकतालाई टुंगोमा पुग्ने गरी आफ्नो ठाउँबाट भूमिका खेल्नुस् ।” 

अध्यक्ष दाहालले केन्द्रमा सहअध्यक्षको मोडलमा जाने सहमति भए पनि प्रदेश, जिल्ला र स्थानीय तहमा कुन मोडेलमा जाने भन्ने विषयमा ठोस निष्कर्षमा नपुगिएको बैठकलाई जानकारी गराउनु भएको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । 

संसदीय दलको बैठकमा पार्टीको संघीय संसदीय दलको विधानको प्रारुपबारे समेत छलफल भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह