२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

‘अध्यक्ष ज्यू पर्बतमा शान्ति अस्तव्यस्त भो, दिदिबहिनी असुरक्षित भए, कसले जिम्मा लिने ?’

२०७४, २२ चैत्र बिहीबार ०४:२५

चैत २२, पर्वत । “दक्षिणको विकास गर्न विकास लम्साल आउनुपर्ने, क्षेत्र नं १ को विकास गर्न चुनाव हारेपनि गणेश तिमिल्सिना आउनुपर्ने, अर्काले गरेका कामलाइ पनी मैले गरेको भन्दै मन्त्री बोकेर रिवन काट्न आउने, अनि मेरो कार्यकालका काम भन्ने ? ए बाबा तिम्रो कार्यकालमा भैसी पनि व्याएका छन्, कुखुरा पनि व्याएका, मान्छे मरेका छन्, जन्मेका छन् त्यसको जिम्मेवारी लिनुपर्छ कि पदैन ?”

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको प्रचारप्रसारको क्रममा नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं हालका राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सीनाले बडगाउँको पिपलको बोटमुनि  गरेको भाषणको अंश हो यो ।

नेपाली काँग्रेसका तत्तकालीन सांसद एवं प्रतिनिधिसभाका उम्मेदवार अर्जुनप्रसाद जोशी प्रति कटाक्ष गर्दे गरिएको यो टिप्पणीले झण्डै आधा बर्ष काट्न थाल्यो, अर्थात् प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएको पनि ६ महिनाभन्दा बढी भयो ।


स्थानीय तहको निर्वाचन भएको एक बर्ष पुग्न आट्यो । जिल्लामा ६१ वडामध्ये बहुमतमा एमालेबाट जनप्रतिनिधि विजयी भएका छन् । हिजो काँग्रेस नेता अर्जुन प्रसाद जोशीको कार्यकालमा भैसी, कुखुरा व्याएपनि त्यसको जिम्मेवारी लिनुपर्छ कि पर्दैन भनेर कटाक्ष गरेका गणेश तिमिल्सीना अहिले संसदको माथिल्लो सदन राष्ट्रिय सभाका अध्यक्ष बनेका छन् ।

उनी राष्ट्रिय सभाको अध्यक्ष भएको केहि महिनामात्रै भएको छ । उनी आफ्नो जन्मथलो पर्वत भ्रमण सकेर पनि फर्केका छन् । राष्ट्रियसभाको अध्यक्ष र उनको पर्वतको भ्रमण लगत्तै पर्वतमा बलत्कारको घटना भएको छ ।१६ बर्षिया बालिका सामुहिक बलत्कारमा परेकी छिन् ?

राष्ट्रियसभा अध्यक्ष ज्यू

तपाइको कार्यकाल, त्यो पनि तपाइको पर्वतको पहिलो भ्रमण लगत्तै भएको बलत्कारको घटनाको जिम्मेवारी तपाइ स्वयंमले लिनुपर्छ कि पर्दैन ?

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सीना ज्यू, अरुलाई भैसी, कुखुरा, मान्छे मरे, जन्मको जिम्मेवारी लिनुपर्छ भनेर कटाक्ष जून रुपमा गर्नुभएको थियो अब त्यो कटाक्ष तपाइतिर फर्किएको छ ?

पाँच बर्षमा जिल्लाको विकासमा कायपलट हुने सपना पनि थिए । ति विस्तार हुदै जालान् वा त्यसको बारेमा समय अनुसारनै टिप्पणी गरौला तर अहिलेको पर्वतको शान्ति सुरक्षा जून रुपमा विग्रिएको छ । जून रुपमा नागरिक अुरक्षित बनेका छन् त्यसको जिम्मेवारी राष्ट्रियसभाको अध्यक्षको हैसियतले र जिल्लाको  बरिष्ठ नेताको हैसियतले लिनुपर्छ कि पर्दैन ?

कि यो प्रतिनिधिसभाका सांसद पदम गिरी, प्रदेश ४ का सभामुख नेत्र अधिकारी, प्रदेश ४ का मन्त्री विकास लम्सालले लिनुपर्ने हो ?

दिउँसै बालिकाको अपहरण प्रयास हुन्छ, सामुहिक बलत्कारको घटना घट्छ, चोरी डकैती बढ्छ यसको जिम्मेवारी कस्ले लिने ? बाम विजयी भएपछि जिल्लाबासीले के यहि पहिलो उपहार पाएका हुन् ? डर, क्रास, अशान्ति, असुरक्षा ?

राष्ट्रियसभाका अध्यक्ष ज्यू

बताउनुहोस् यसको जिम्मा कस्ले लिने? कसलाइ दिने ?

कि, अर्जुन जोशीमाथि थुपारौ यी दोषहरु?

बताउनुहोस पर्वतबासी जनता जान्न चाहान्छन् ?


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन