१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकता घोषणाका लागि तयारी गर्ने निर्णय

२२ चैत्र २०७४, बिहीबार ०७:५६

चैत २२ काठमाडौँ | नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को आजको पार्टी एकता संयोजन समितिको बैठकले आगामी वैशाख ९ गते एकता घोषणा गर्न प्राप्त सुझावलाई सकारात्मकरुपमा लिँदै त्यसको तयारी गर्ने निर्णय गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा मंगलबारको संयोजन समितिको बैठकमा पेश भएको सांगठनिक र वैचारिक कार्यदलका प्रतिवेदनमाथि छलफल प्रारम्भ गर्दै घोषणाको तयारीमा लाग्ने निर्णय गरेको हो । 

समितिका सदस्य केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली भारत भ्रमणबाट फर्केलगत्तै संयोजन समितिको बैठक गरेर प्रतिवेदन पूर्ण अध्ययन गरी मिलाउन बाँकी विषयमा टुंगो लगाइने जानकारी दिनुभयो । 

नेता श्रेष्ठले उक्त मितिमा एकता घोषणा गर्ने सुझावलाई सकारात्मकरुपमा लिँदै त्यसका लागि आ–आफ्नो पार्टीमा तयारी गर्ने सहमति भएको पत्रकारलाई जानकारी दिनुभयो । एमालेले एकताको तयारीका लागि आउँदो वैशाख ७ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ । 

दूवै कार्यदलले नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको दिन आउँदो वैशाख ९ मा एकता गर्न सुझाव दिएका थिए । दुई दलबीच चुनाव चिह्न, जनयुद्ध शब्दावली, पद बाँडफाँडको आधारजस्ता विषय मिलाउन बाँकी छ । 

गत फागुन ७ मा पार्टीको नाम नेकपा कम्युनिष्ट पार्टी र निर्देशक सिद्धान्त माक्र्सवाद लेनिनवाद राख्नेलगायत एकताका सातबुँदे प्रारम्भिक आधारमा दुई दलले एकता प्रक्रिया थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह