२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

हेटौंडालाई स्थायी राजधानी बनाउनुपनुपर्छ– थापा

२०७४, २२ चैत्र बिहीबार १५:३६

चैत २२, मकवानपुर | मकवानपुरको हेटौंडालाई अब स्थायी राजधानी बनाउनुपर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बताउनुभएको छ । 

यहाँका सबै राजनितिक दलहरु, प्रदेश सरकार, यस प्रदेशका सांसदहरु सबै मिलेर हेटौंडालाई स्थायी राजधानी बनाउनुपर्ने उहाँले बताउनुभयो । पार्टीका नगरस्तरिय कार्यकर्ता भेलालाई संबोधन गर्दै उहाँले राजधानी सम्बन्धीको बिबादलाई अब अन्त्य गरेर स्थायी रुपमा तोक्नतिर लाग्नुपर्ने बताउनुभयो ।

स्थायी राजधानीका लागि सबैभन्दा उपयुक्त स्थान भनेको हेटौंडानै रहेको बताउँदै उहाँले भन्नुभयो–अरु ६ वटा प्रदेशको तुलनामा स्थायी राजधानी हेटौंडानै उपयुक्त छ । करिब सात घण्टाको यात्राबाट  तीन नंमबर प्रदेशको राजधानी हेटौंडामा आउन सकिन्छ । यसमा के समस्या छ र ?’ स्थायी राजधानीका लागि हेटौंडामा सबै पुर्बाधारहरु पर्याप्त रहेको र मध्यमाञ्चल बिकाश क्षेत्र हुँदा पनि क्षेत्रिय स्तरका कार्यालयहरु भएकाले यहाँनै राजधानी उपयुक्त भएको उहाँले बताउनुभयो । कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य मधु अधिकारीले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रम राप्रपाका नगर अध्यक्ष गुरुप्रसाद सापकोटाको अध्यक्षतामा भएको हो ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ