१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो छ प्रधानमन्त्री ओलीको भ्रमण तालिका, भोली भ्रमणको विशेष दिन

२३ चैत्र २०७४, शुक्रबार ०२:४०

चैत २३, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय टोलीको नेतृत्व गर्दै आजदेखि भारतको तीनदिने औपचारिक भ्रमणमा जाँदैछन् । आज प्रधानमन्त्री ओली नेपाल वायुसेवा निगमको नियमित उडानबाट बिहान ९ बजे भारतको राजधानी नयाँदिल्ली जाने भएका हुन् । 

प्रधानमन्त्री ओलीलाई इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा पौने एघार बजे अवतरण गर्नेछन् । दिल्लीमा प्रधानमन्त्री ओली, पत्नी राधिका र मन्त्रीहरुलाई राष्ट्रपति निवास 'हैदरावाद हाउस'मा बस्ने व्यवस्था मिलाइएको छ भने भ्रमण टोलीका अन्य सदस्यहरुलाई ताजमानसिंह होटलमा बस्ने व्यवस्था मिलाइएको छ ।

शुक्रबारको भ्रमण तालिका अनुसार:- 

- ताज होटेलमा भारतीय उद्योगी व्यावसायीहरुसँग अन्तर्क्रिया कार्यक्रम ।

- पाँच बजे नेपाली समुदायसँग छलफल गर्ने कार्यक्रम ।

- साँझ साढे सात बजे ओलीको सम्मानमा भारतस्थित नेपाली दूतावासले इम्पेरियल होटलमा आयोजना गरेको रात्रीभोजमा सहभागी हुने कार्यक्रम । 

शनिबारको भ्रमणमा महत्वपूर्ण तालिका:- 

- शनिबार विहान ९ बजे भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग भेटघाट । 

- गार्ड अफ अनर ग्रहण गरेपछि १० बजे राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर माल्यार्पण ।

- समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रपति भवन हैदरावाद हाउसमा भेटघाट हुने र सोहि क्रममा दुई पक्षबीच भएको सहमतिमा हस्ताक्षर गरी संयुक्त पत्रकार सम्मेलन सहित सहमति सार्वजनिक गर्ने ।

- साँझ साढे पाँच बजे प्रधानमन्त्री ओलीले इन्डिया फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा सहभागीता जनाउने र कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्ने ।

- भारतीय जनता पार्टीका नेता, कांग्रेस आईका नेता, भारतीय कम्युनिष्ट पार्टीका नेताहरुसँग भेटघाट गर्ने ।

आइतवारको भ्रमण तालिका अनुसार:- 

- उत्तराखण्डको पन्तनगरस्थित कृषि विश्वविद्यालयको कार्यक्रममा ओली सहभागी हुने र डक्टरेटको सम्मानार्थ उपाधीबाट बिभूषित हुने ।

- साँझ ६ बजे स्वदेश फर्किने । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह