१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सातै प्रदेशका मन्त्रीसँग अन्तक्र्रिया गरिने

२३ चैत्र २०७४, शुक्रबार ०५:५४

चैत २३, काठमाडौँ | स्वास्थ्य मन्त्रालयले आगामी आव २०७५÷७६ को बजेट तथा कार्यक्रम तर्जुमा बारे सातै प्रदेशका सामाजिक विकास मन्त्रालयका मन्त्रीसँग अन्तक्र्रिया गर्ने भएको छ । 

स्वास्थ्य राज्यमन्त्री पद्माकुमारी अर्यालले मन्त्रालयले यही चैत २६ र २७ गते काठमाडौँमा अन्तक्र्रियाका लागि सातै प्रदेशका सामाजिक विकासमन्त्री, सामाजिक विकास सचिव, सो मन्त्रालयका स्वास्थ्य संयोजक र स्वास्थ्यको योजना हेर्ने अधिकृतसँग अन्तक्र्रिया गर्न पत्र पठाएको छ । 

मन्त्रालयले गत चैत १२ गतेको राज्यमन्त्रिस्तरीय निर्णयअनुसार सातै प्रदेशमा आजसम्म आमन्त्रण पठाइसकिएको जनाएको छ । मन्त्रालयका नीति योजना तथा अन्तर्राष्ट्रिय महाशाखा प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले अन्तक्र्रियामा आगामी बजेटमा स्वास्थ्यसम्बन्धी कार्यक्रम, बजेट बाँडफाँड र स्वास्थ्यका कार्यक्रमलाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल हुने जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “हामीले प्रदेश नम्बर ३ का मुख्यमन्त्रीलाई पनि बोलाएका छौँ, अन्तक्र्रियामा प्रदेशले कस्तो स्वास्थ्य नीति बनाउँदै छन्, स्वास्थ्यका कार्यक्रम प्रभावकारी बनाउन के गर्ने, बजेट कसरी व्यवस्थापन र वितरण गर्नेलगायत स्वास्थ्यका सम्पूर्ण विषयमा दुई दिनसम्म छलफल हुनेछ ।” 

कार्यक्रममा हरेक प्रदेशका स्वास्थ्य संयोजक, स्वास्थ्य योजना अधिकृतले अहिले सम्मको स्वास्थ्यका गतिविधिको प्रस्तुतीकरण गर्ने बताइएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह