१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रारामा आउन प्रम ओलीलाई मुख्यमन्त्री शाहीको निम्तो

२३ चैत्र २०७४, शुक्रबार ०७:३१

चैत २३, काठमाडौँ | कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘कर्णाली–रारा पर्यटन पर्यटन वर्ष २०७५’ को उद्घाटन गर्न रारामा आउन औपचारिक निम्तो दिनुभएको छ । 

मुख्यमन्त्री शाहीले बिहीबार आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीसँगै प्रधानमन्त्री निवास बालुवाटार पुगेर निम्तोपत्र दिनुभएको हो । 

निम्तोपत्र ग्रहण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन वर्षको उद्घाटनका लागि आफू रारामा आउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

कार्यक्रममा वैशाख १ गते प्रधानमन्त्री ओलीले ‘कर्णाली–रारा पर्यटन पर्यटन वर्ष, २०७५’ को समुद्घाटन गर्नु हुनेछ । 

समुद्घाटनसँगै प्रधानमन्त्रीले राराबाट राष्ट्रका नाममा सम्बोधन गर्ने, कर्णाली प्रदेशका पर्यटकीय क्षेत्रहरु शे–फोक्सुण्डो, छायानाथ, हिल्सा, पाताल झरनाको अवलोकन गर्ने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको बैठकको अध्यक्षता गर्ने कार्यक्रम तय गरिएको मुख्यमन्त्री शाहीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले जानकारी दिनुभयो । 

यसैगरी पर्यटन वर्ष उद्घाटन कार्यक्रममा सरिक हुनाका लागि मुख्यमन्त्री शाहीले पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि निम्तो दिनुभएको छ । 

मुख्यमन्त्री शाहीले आज बिहान निजी निवास खुमलटार पुगेर पूर्व–प्रधानमन्त्री प्रचण्डलाई निम्तोपत्र दिनुभएको थियो । 

प्रदेश सरकारले कर्णालीमा पर्यटन प्रवद्र्धन गर्न र पर्यटनलाई समृद्धिको बलियो आधार बनाउन ‘कर्णाली–रारा पर्यटन पर्यटन वर्ष २०७५’ को आयोजना गर्ने निर्णय गरेको छ । 

प्राकृतिक सुन्दरता, थुप्रै सम्भावनाको भण्डार र मनोरम दृश्यले भरिपूर्ण कर्णाली प्रदेशलाई यो आयोजनाले आन्तरिक तथा बाह्य पर्यटकका साथै क्षेत्रगत लगानीकर्तालाई आकर्षण गर्ने अपेक्षा राखिएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह