२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रारामा आउन प्रम ओलीलाई मुख्यमन्त्री शाहीको निम्तो

२०७४, २३ चैत्र शुक्रबार ०७:३१

चैत २३, काठमाडौँ | कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘कर्णाली–रारा पर्यटन पर्यटन वर्ष २०७५’ को उद्घाटन गर्न रारामा आउन औपचारिक निम्तो दिनुभएको छ । 

मुख्यमन्त्री शाहीले बिहीबार आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीसँगै प्रधानमन्त्री निवास बालुवाटार पुगेर निम्तोपत्र दिनुभएको हो । 

निम्तोपत्र ग्रहण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन वर्षको उद्घाटनका लागि आफू रारामा आउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

कार्यक्रममा वैशाख १ गते प्रधानमन्त्री ओलीले ‘कर्णाली–रारा पर्यटन पर्यटन वर्ष, २०७५’ को समुद्घाटन गर्नु हुनेछ । 

समुद्घाटनसँगै प्रधानमन्त्रीले राराबाट राष्ट्रका नाममा सम्बोधन गर्ने, कर्णाली प्रदेशका पर्यटकीय क्षेत्रहरु शे–फोक्सुण्डो, छायानाथ, हिल्सा, पाताल झरनाको अवलोकन गर्ने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको बैठकको अध्यक्षता गर्ने कार्यक्रम तय गरिएको मुख्यमन्त्री शाहीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले जानकारी दिनुभयो । 

यसैगरी पर्यटन वर्ष उद्घाटन कार्यक्रममा सरिक हुनाका लागि मुख्यमन्त्री शाहीले पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि निम्तो दिनुभएको छ । 

मुख्यमन्त्री शाहीले आज बिहान निजी निवास खुमलटार पुगेर पूर्व–प्रधानमन्त्री प्रचण्डलाई निम्तोपत्र दिनुभएको थियो । 

प्रदेश सरकारले कर्णालीमा पर्यटन प्रवद्र्धन गर्न र पर्यटनलाई समृद्धिको बलियो आधार बनाउन ‘कर्णाली–रारा पर्यटन पर्यटन वर्ष २०७५’ को आयोजना गर्ने निर्णय गरेको छ । 

प्राकृतिक सुन्दरता, थुप्रै सम्भावनाको भण्डार र मनोरम दृश्यले भरिपूर्ण कर्णाली प्रदेशलाई यो आयोजनाले आन्तरिक तथा बाह्य पर्यटकका साथै क्षेत्रगत लगानीकर्तालाई आकर्षण गर्ने अपेक्षा राखिएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन