२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सचिवहरूको जिम्मेवारीमा हेरफेर, कसको जिम्वेवारी के ?

२०७४, २३ चैत्र शुक्रबार ०८:१३

चैत्र २३ काठमाडौं  | भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले ३० जना सचिवहरुको सरुवा गरेका छन्।  बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पुरानो मिति राखेर शुक्रबार बिहान सचिव सरुवाको सूचि टुंगो लगाइएको हो। 

नयाँ जिम्मेवारीअनुसार प्रधानमन्त्री कार्यालयका सचिव प्रेमकुमार राई गृह मन्त्रालयमा पुगेका छन्। प्रधानमन्त्री कार्यलयकै अर्का सचिव शरदचन्द्र पौडेल योजना आयोगमा सरूवा भएका  छन् ।  कार्यालयकै अर्का सचिव कृष्णराज बिसी खानेपानी मन्त्रालयका सचिव भएका छन्। त्यस्तै अख्तियारमा महेश्वर न्यौपानेको सरुवा भएको छ। 

श्रममा महेश दाहाल, रक्षामा बिष्णु लम्साल, सञ्चारमा महेन्द्रमान गुरुङ, शिक्षामा खगराज बराल, भौतीक योजना तथा यातायातमा मधुसुदन अधिकारी, वनमा डा.विश्वराज ओली तथा काठमाडौं महानगरपालिकामा यादब कोइरालाको सरुवा भएको छ। 

गृहका मोहनकृष्ण सापकोटालाई युवा तथा खेलकुद मन्त्रालय तथा अर्थका शंकर अधिकारीलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ। 

श्रमका लक्ष्मण मैनालीलाई प्रधानमन्त्री कार्यालय, रक्षाका विनोद केसीलाई राष्ट्रपति कार्यालय, भौतीकका देवेन्द्र कार्कीलाई नेपाल ट्रष्टको कार्यालयमा, नेपाल ट्रष्टका अर्जुन कार्कीलाई पुर्ननिर्माण प्राधिकरणमा सरुवा गरिएको छ। 

अनिल ठाकुरलाई महिला आयोग, गजेन्द्र ठाकुरलाई शिक्षा तथा प्रविधि र भूपेन्द्र पौडेललाई सूचना आयोगमा सरुवा गरिएको छ। 

२० गतेको मिति राखेर उनीहरुको सरुवा भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ | 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन