१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सचिवहरूको जिम्मेवारीमा हेरफेर, कसको जिम्वेवारी के ?

२३ चैत्र २०७४, शुक्रबार ०८:१३

चैत्र २३ काठमाडौं  | भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले ३० जना सचिवहरुको सरुवा गरेका छन्।  बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पुरानो मिति राखेर शुक्रबार बिहान सचिव सरुवाको सूचि टुंगो लगाइएको हो। 

नयाँ जिम्मेवारीअनुसार प्रधानमन्त्री कार्यालयका सचिव प्रेमकुमार राई गृह मन्त्रालयमा पुगेका छन्। प्रधानमन्त्री कार्यलयकै अर्का सचिव शरदचन्द्र पौडेल योजना आयोगमा सरूवा भएका  छन् ।  कार्यालयकै अर्का सचिव कृष्णराज बिसी खानेपानी मन्त्रालयका सचिव भएका छन्। त्यस्तै अख्तियारमा महेश्वर न्यौपानेको सरुवा भएको छ। 

श्रममा महेश दाहाल, रक्षामा बिष्णु लम्साल, सञ्चारमा महेन्द्रमान गुरुङ, शिक्षामा खगराज बराल, भौतीक योजना तथा यातायातमा मधुसुदन अधिकारी, वनमा डा.विश्वराज ओली तथा काठमाडौं महानगरपालिकामा यादब कोइरालाको सरुवा भएको छ। 

गृहका मोहनकृष्ण सापकोटालाई युवा तथा खेलकुद मन्त्रालय तथा अर्थका शंकर अधिकारीलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ। 

श्रमका लक्ष्मण मैनालीलाई प्रधानमन्त्री कार्यालय, रक्षाका विनोद केसीलाई राष्ट्रपति कार्यालय, भौतीकका देवेन्द्र कार्कीलाई नेपाल ट्रष्टको कार्यालयमा, नेपाल ट्रष्टका अर्जुन कार्कीलाई पुर्ननिर्माण प्राधिकरणमा सरुवा गरिएको छ। 

अनिल ठाकुरलाई महिला आयोग, गजेन्द्र ठाकुरलाई शिक्षा तथा प्रविधि र भूपेन्द्र पौडेललाई सूचना आयोगमा सरुवा गरिएको छ। 

२० गतेको मिति राखेर उनीहरुको सरुवा भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ | 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह