१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृहमन्त्री बादलले प्रचण्डलाई भेटेर भने- ‘ओलीको कार्यशैली ठीक भएन’

२४ चैत्र २०७४, शनिबार १४:२४

चैत २४, काठमाडौं । शनिबार बिहान प्रचण्ड निवासमै पुगेर गृहमन्त्री बादलले ओलीको कार्यशैली ठीक नभएको भन्दै गुनाशो पोखेका छन् । 

आज बिहान प्रचण्डनिवास खुमलटारमा पुगेका गृहमन्त्री रामबहादुर थापा बादलले प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई कुनै जानकारी नै नदिई सचिवहरुको सरुवा गरेको विषयमा गुनाशो पोखेका थिए । बादलको गुनाशोसँगै प्रचण्डले सचिव सरुवा बारे प्रधानमन्त्री भारतबाट फर्केपछि कुरा गर्ने आश्वासन दिएको स्रोतले जनाएको छ । 


गृहमन्त्री बादलले प्रधानमन्त्रीले गरेको सचिवहरुको सरुवाप्रति लक्षित गर्दै ओलीप्रति आक्रोश पोखेका हुन् । उनका अनुसार मन्त्रीलाई कुनै जानकारी नै नदिई गृहसचिव सुरुवा गरेर प्रेम राईलाई नयाँ गृहसचिव बनाएको भन्दै गृहमन्त्री थापाले ओलीविरुद्ध आक्रोश पोखेका हुन् ।

यस बिषयमा शुक्रबार राति ९ बजेदेखि १२ बजेसम्म माओवादी नेताहरुको गोप्य बैठक समेत बसेको थियो । बैठकमा माओवादी मन्त्रीहरुले प्रधानमन्त्री ओलीले सरकार सञ्चालनमा एकलौटी गरिरहेको भन्दै भारतबाट र्फकनासाथ ‘अब्जेक्सन’ जनाउने निर्णय गरेको बुझिएको छ । गृहसचिवमा नियुक्तिमा ओलीले मनोमानी गरेको प्रति बादल असन्तुष्ट भएका हुन् । ओलीले गृहमन्त्रालयमा समेत जानकारी नदीई ओलीभक्त प्रेम राईलाई ल्याइएको र राईले ओलीबाहेक अरु कसैलाई नगन्ने गृहमन्त्रीको दावी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह