१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राप्रपाबाट गोली प्रहार घटनाको छानवीन माग

२५ चैत्र २०७४, आईतवार ०८:४५

चैत २५, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन समूहले विराटनगरमा धर्मगुरु आचार्य श्रीनिवासमाथि हत्या गर्ने उद्देश्यले शनिबार गरिएको गोली प्रहारको निन्दा गर्दै घटनाको अविलम्ब छानवीनको माग गरेका छन् । 

राप्रपाका प्रवक्ता भुवन पाठकले आज विज्ञप्ति जारी गरी केही समयदेखि हिन्दूत्वलाई कमजोर बनाउने, हिन्दू धर्मगुरु र धार्मिक संघसंस्थालाई भयभीत तुल्याउने उद्देश्यले घटना गराइएको आरोप लगाउँदै धार्मिक गुरु एवं व्यक्तित्वको सुरक्षाको आवश्यक प्रबन्ध मिलाउन सरकारसँग माग गर्नुभएको छ । विज्ञप्तिमा अपराधीलाई सजाय दिन र यस प्रकारको घटना दोहोरिन नदिन उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । 

राप्रपा (प्रजातान्त्रिक) का प्रवक्ता राजेन्द्र गुरुङले पनि विज्ञप्ति जारी गरी घाइते आचार्यको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनामा संलग्न अभियुक्तलाई पहिचान गरी दण्डित गर्न आग्रह गर्नुभएको छ । एकीकृत राप्रपा (राष्ट्रवादी) का केन्द्रीय सदस्य सुन्दर पाण्डेले पनि हिन्दू धर्मका पक्षमा वकालत गर्ने गुरु तथा विभिन्न संघसंस्थाका प्रतिनिधिलाई प्रहार गर्ने योजनाबद्ध शृंखलाको विरोध गर्नुभएको छ । 

हिन्दू जागरण अभियानका प्रदीपविक्रम राणाले ‘हिन्दू धर्म, संस्कृति, परम्परालाई हतोत्साहन गर्न गराइएको’ उक्त घटनाका अभियुक्त, मतियारर योजनाकार सबैलाई कारवाही गर्न माग गर्दै घाइते गुरुको उपचारमा विशेष ध्यान दिन सरकारसँग आग्रह गर्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह