१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि

२५ चैत्र २०७४, आईतवार १०:४७

चैत २५ भारत | भारतको तीनदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत, उत्तराखण्ड राज्यस्थित गोविन्दबल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयले आज मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको छ । 

विश्वविद्यालयमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीलाई उत्तराखण्ड राज्यका गभर्नर एवं विश्वविद्यालयका चान्सलर कृष्णकान्त पलले ‘डाक्टर अफ साइन्स’ को उपाधि प्रदान गर्नुभयो । 

सो अवसरमा प्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरणमार्फत भारतलाई समृद्ध बनाउन महत्वपूर्ण योगदान गरेको विश्वविद्यालयसँग नेपालले सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो । नेपालका ७० प्रतिशत जनता कृषिमा आश्रित भएको बताउँदैै उहाँले भन्नुभयो, “यस विश्वविद्यालयका वैज्ञानिकसँग सहकार्य गरेर नेपालको परम्परागत कृषि प्रणालीलाई आधुनिकरण गर्नेछौंँ, त्यसका लागि हामी मिलेर काम गर्न चाहन्छौंँ ।” 

गोविन्दबल्लभ पन्त कृषि एवं प्रविधि विश्वविद्यालयले आफूलाई उपाधि प्रदान गरेर नेपाल–भारतबीचको सम्बन्धलाई अझ उचाइमा पु¥याएको बताउँदै प्रधानमन्त्री ओलीले आगामी दिनमा विश्वविद्यालयस्तरको सम्बन्धलाई पनि अझ प्रगाढ बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । 

उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री त्रिभेन्द्रसिंह रावतले नेपाल र भारतको उत्तर प्रदेशसँग जोडिएकाले पनि जनस्तरको सम्बन्धलाई प्रगाढ भएको बताउँदै विश्वविद्यालयले प्रधानमन्त्री ओलीलाई प्रदान गरेको उपाधिले उच्चस्तरको सम्बन्धलाई थप नजिक बनाएको छ भन्नुभयो । प्रधानमन्त्री नेपाल आफ्नो भारत भ्रमण सकेर आजै साँझ नेपाल फर्कंदै हुनुहुन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह