२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सञ्चार सचिव गुरुङद्वारा पदबहाली

२०७४, २६ चैत्र सोमबार ०८:४४

चैत २६ काठमाडौँ | सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भई आउनुभएका सचिव महेन्द्रमान गुरुङले आज पदबहाली गर्नुभएको छ । 


सरकारले केही दिनअघि गुरुङसँगै विभिन्न मन्त्रालयका ३० सचिवको सरुवा गरेको थियो । गुरुङ यसअघि प्रधानमन्त्री कार्यालयमा सचिव हुनुहुन्थ्यो । 

सचिव गुरुङलाई मन्त्रालयका कर्मचारी, नेपाल दूरसञ्चार प्राधिकरण, राष्ट्रिय समाचार समिति र रेडियो नेपाललगायत मन्त्रालयअन्तर्गतका निकायका प्रमुखहरुले स्वागत गर्नुभएको थियो । 


सो अवसरमा सचिव गुरूङले सुशासन कायम गर्दै आधुनिक प्रविधिको प्रयोगसँगै ढिकासुस्ती रोक्न निर्देशन दिनुभयो । अबको दुई÷तीन महिनामा जनताको पक्षमा परिणाम आउने गरी काम गर्नसमेत सचिव गुरुङले निर्देशन दिनुभयो । 

“संघीय ढाँचालाई अवमूल्यन नगरी काम गर्नुपर्छ र सोहीबमोजिम मन्त्रालयको पुनःसंरचना र कानून परिमार्जन गर्नुपर्छ, नीति तथा कार्यक्रम बनाउनुपर्छ”, सचिव गुरुङले भन्नुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन