१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइजीपी नियुक्तिबारे निर्णयले गति लिन सकेन

२७ चैत्र २०७४, मंगलवार ०७:५१

चैत्र २७ काठमाडौं | सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रमुख (आइजीपी) नियुक्तिबारे आजको मन्त्रिपरिषद्को बैठले निर्णय गर्न सकेन । 

बुधबारदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुवै आइजीपीले अवकाश पाउन लागेकाले सरकारले दुवै संगठनमा नयाँ आइजीपी नियुक्ति गर्न लागेको हो । तर, आजको मन्त्रिपरिषद बैठकमा आईजीपीबारे निर्णयले गति लिन सकेन |

नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुवै आइजीपीसँगै नेपाल प्रहरीका सात जना एआईजीको पनि म्याद सकिदैछ । आइजीसँगै एआइजीको पनि म्याद सकिने भएपछि प्रहरी नायव महानिरीक्षक डिआइजीबाट आइजीपी नियुक्ति गर्ने तयारी सरकारले गरेको छ । 

नेपाल प्रहरीमा आइजीपी बन्ने लाइनमा तीन डिआईजी छन् । डिआइजीहरु सवेन्द्र खनाल, पुष्कर कार्की, रमेश खरेल, आइजीपी बन्ने प्रतिस्पर्धामा छन् । त्यस्तै सशस्त्रमा शैलेन्द्र खनाल आइजीपीको दावेदार मानिन्छन् ।

यसैवीच गृहमन्त्रालयले आइजीपी छनोटका लागि गठन गरेको सिफारिस समितिले दिएको प्रतिवेदनका आधारमा सरकारले आइजीपी नियुक्त गर्ने बताइएको छ । समितिले आइजीपीको लाइनमा रहेका डिआइजीको प्रमाणपत्र र व्यक्तिगत विवरण अध्ययनका लागि सोमबार मागेको श्रोतले बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह