२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पदीय मर्यादा कायम गर्ने सभामुखको प्रतिबद्धता

२०७४, २८ चैत्र बुधबार ११:४९

चैत २८ काठमाडौँ | सभामुख कृष्णबहादुर महराले आफ्नो पदीय मर्यादालाई अक्षुण्ण राख्न आफू पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ । 

संसदीय समाचार सम्प्रेषणमा संलग्न सञ्चारकर्मीसँग आज भएको छलफलमा उहाँले आफू नेकपा (माओवादी)पार्टीमा नरहेको र राजनीतिक सन्तुलन कायम गरेर सभामुखको दायित्व इमानदारीपूर्वक निर्वाह गर्ने दृढता व्यक्त गर्नुभयो । 

संसद् बाहिर रहेका राजनीतिक दलका अभिव्यक्ति पनि सञ्चारमाध्यममार्फत जनसमक्ष प्रस्तुत हुनुपर्नेमा जोड दिँदै उहाँले संघीय संसद्मा समाचार संकलनमा खटिएका सञ्चारकर्मीलाई सूचना प्रवाहमा सक्दो सहयोग गर्ने बताउनुभयो । 

“सञ्चारकर्मीलाई कार्यसम्पादनमा असजिलो नहोस् भन्नेमा हामी सचेत छौँ, हरसंभव सहयोग गर्न संसद् सचिवालय तत्पर छ,” उहाँले भन्नुभयो । 

एक प्रश्नको जवाफमा उहाँले संसद् सचिवालयले सातवटा विषयगत समिति गठनको सिफारिस गरेको जानकारी दिँदै वैशाखको अन्तिम सातादेखि बजेट अधिवेशन प्रारम्भ गर्ने तयारीमा आफू रहेको बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन