१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पदीय मर्यादा कायम गर्ने सभामुखको प्रतिबद्धता

२८ चैत्र २०७४, बुधबार ११:४९

चैत २८ काठमाडौँ | सभामुख कृष्णबहादुर महराले आफ्नो पदीय मर्यादालाई अक्षुण्ण राख्न आफू पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ । 

संसदीय समाचार सम्प्रेषणमा संलग्न सञ्चारकर्मीसँग आज भएको छलफलमा उहाँले आफू नेकपा (माओवादी)पार्टीमा नरहेको र राजनीतिक सन्तुलन कायम गरेर सभामुखको दायित्व इमानदारीपूर्वक निर्वाह गर्ने दृढता व्यक्त गर्नुभयो । 

संसद् बाहिर रहेका राजनीतिक दलका अभिव्यक्ति पनि सञ्चारमाध्यममार्फत जनसमक्ष प्रस्तुत हुनुपर्नेमा जोड दिँदै उहाँले संघीय संसद्मा समाचार संकलनमा खटिएका सञ्चारकर्मीलाई सूचना प्रवाहमा सक्दो सहयोग गर्ने बताउनुभयो । 

“सञ्चारकर्मीलाई कार्यसम्पादनमा असजिलो नहोस् भन्नेमा हामी सचेत छौँ, हरसंभव सहयोग गर्न संसद् सचिवालय तत्पर छ,” उहाँले भन्नुभयो । 

एक प्रश्नको जवाफमा उहाँले संसद् सचिवालयले सातवटा विषयगत समिति गठनको सिफारिस गरेको जानकारी दिँदै वैशाखको अन्तिम सातादेखि बजेट अधिवेशन प्रारम्भ गर्ने तयारीमा आफू रहेको बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह