१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वदेशमा उत्पादित जडीबुटी प्रयोग गर्नुपर्छ: वनमन्त्री

२९ चैत्र २०७४, बिहीबार ०९:०८

चैत २९ काठमाडौँ | वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले स्वदेशमा उत्पादित जडीबुटीलाई उपयोग गर्नुपर्ने बताउनुभएको छ । 

वनस्पति विभागको ५८ औँ वार्षिकोत्सव तथा १९ औँ वनस्पति दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले नेपाली वनस्पतिको संरक्षण संवद्र्धन गर्दै यसको उपयोगलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको हो । “स्वदेशी वनस्पतिबाट धेरै किसिमका औषधि बन्ने र सोही औषधिले स्वास्थ्यलाई फाइदा हुने हुँदा यसको उपयोग बढाउनु आवश्यक छ,”– उहाँले भन्नुभयो । 

मन्त्री बस्नेतले प्रकृतिले नेपाललाई अथाह वनस्पति दिएको बताउँदै उक्त वनस्पतिको संरक्षण र उपयोग गर्दै राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने गरी काम गर्नुपर्ने बताउनुभयो । 

वन तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले वनस्पति क्षेत्रको विकास र विस्तारमा मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । वनस्पति संरक्षणमुखीमात्र नभएर उपयोगमुखीसमेत हुनुपर्ने उहाँको भनाइ थियो । 

विभागका महानिर्देशक सञ्जीवकुमार राईले विस २०५६ देखि वनस्पति दिवस मनाउँदै आएको बताउँदै यसको उचित संरक्षण र संवद्र्धनमा विभागले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो । 

विश्वमा झण्डै चार लाख ५० हजार र नेपालमा १२ हजार वनस्पति रहेको विभागले जनाएको छ । कार्यक्रममा वनस्पति क्षेत्रको विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेल्नुभएका प्राध्यापक डा रामप्रसाद चौधरीलाई राष्ट्रिय वनस्पति पुरस्कार प्रदान गरिएको थियो । 

त्रिभुवन विश्व विद्यालयका प्राडा चौधरीलाई रु एक लाख नगद र दोसल्लाद्वारा सम्मान गरिएको हो । सोही अवसरमा मन्त्री बस्नेतले विभागले तयार गरेको पुस्तक ‘इसेन्सियल वेल अफ नेपाल र जर्नल अफ प्लान्ट रिसोर्स’ विमोचन गर्नुका साथै जीवनका लागि वनस्पति लेखिएको लोगो अनावरण गर्नुभएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह