२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

कर्णालीका जनताले छिट्टै जहाज सुबिधा पाउने

२०७४, २९ चैत्र बिहीबार ११:४४

टेकबहादुर शाही/चैत्र २९ डोल्पा । कर्णालीका जनताले छिट्टै जहाजको सबिधा पाउने भएका छन । प्रधानमन्त्रीको त्रिपूरा सुन्दरी भ्रमणको बिशेष ब्यवस्थापनका लागि गृह जिल्ला पुगेका संस्कृति पर्यटन तथा नागरिक उड्यन राज्य मन्त्री धनबहादुर बुढाले डोल्पाको जुफाल बिमानस्थलामा यस्तो कुरा बताएका हुन ।


मन्त्री भए पछि पहिलो पटक गृह जिल्ला पुगेका राज्यमन्त्री बुढाले जुफाल बिमानस्थलामा ठुलीभेरि नगरपालिकाको जुफाल केन्द्रको कार्यालयको जियापान तथा स्वागत कार्यक्रममा अबको दुइ महिना भित्रमा कर्णालीका जनताले हवाइ सेवा सहजै लिन पाउने बताए ।


 उनले भने ईतिहांसमै पहिलो पटक नेपालमा स्थायी सरकार बनेकोले जनताले पूर्ण रुपमा सरकारको सेवा महसुस गर्ने गरि हवाइ उडान र पर्यटनको बिकास गरि सेवा प्रदान गर्ने प्रतिबद्धता समेत गरे । 

नागरिकउड्यन प्राधिकरणसंग एक प्रकारको छलफल भै सकेकोले कर्णालीका जनताले छिटो भन्दा छिटो हवाइ सेवामा सुबिधा पाउने राज्यमन्त्री धनबहादुर बुढाले बताए । उनका अनुसार नेपाल यएरलाइन्सको उडान थप गर्नुका साथै अन्य निजि कम्पनीका जहाजलाइ पनि भाडादरमा एकरुपता गरि सबै जहाजहरु नेपालगञ्ज र कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बाह्रै महिना तैनाथ रहने पनि जानकारी दिए । उनले भने नागरिकउड्यन प्राधिकरणले निजि बिमानकम्पनीसंग सिटको ब्यवस्थापन गरेर भए पनि हिमाली तथा दुर्गम जिल्लाहरुमा उडान सहज बनाउने तयारी भएको छ । 

राज्यमन्त्री बुढाले डोल्पाको जुफाल बिमानस्थलको निरिक्षण गर्नुका साथै धावनमार्ग साघुरो भएको कारण अब प्राधिकिहरुसंग छलफल गरि धावनमार्गको क्षमता बिस्तार गर्ने बताए । उनका अुनसार जति धेरै जहाज भित्रयाउन सक्यो त्यति नै डोल्पामा पर्यटकहरु भित्रिने र स्थानीयको आयस्तरमा बृद्धि हुने बताए । राज्य मन्त्री बुढाले भने पैदल,हवाइ तथा अन्य सबै क्षेत्रको बाटो गरि कर्णालीमा पर्यटन भित्रयाउने छौ । 


कर्णाली प्रदेशमा धार्मीक,साँस्कृतिक तथा बहुमुल्य जडिबुटीले भरिपूर्ण र पर्यटनको भण्डार भएको प्रदेश भएको कारण कर्णाली पर्यटन प्रदेशका रुपमा परिचित भएको राज्यमन्त्री बुढाले दावी गरे । उनले भने आन्तरीक सड्कको बिस्तार पर्यटकिय मार्गको निमार्ण र स्तरोन्नतीका साथै पर्यटकीय क्षेत्रको प्रचारप्रशार तथा सँरक्षणको लागि सरकारले कुनै कुसर बाकि नराख्ने तर स्थानीयले त्यसमा साथ दिनु पर्ने बताए । 

डोल्पाबाट पहिलो पटक राज्यमन्त्री पाएका डोल्पाका जनाता राज्यमन्त्री धनबहादुर बुढालाइ स्वागत गर्न बिमानस्थलमा घुइचो लागेका थिए । स्वागतमा पुगेका नागरिकहरुले सड्कले नछोएको जिल्लामा हवाए सेवाको सुबिधा कहिले पाउछौ भन्दै प्रश्न गरेका थिए । आफनै जिल्लाको संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री हुदा झनै टिकेटमा सास्ति भोग्नु परेको अधिकांश नागरिकका गुनासा थिए । 


यहि बैशाख १ गते कर्णाली रारा पर्यटन बर्षको उद्धघाटन गरि भब्य रुपमा पर्यटन बर्ष मनाएइने र निकट भबिष्यमा नै डोल्पामा रहेको नेपालकै गहिरो ताल शे–फोक्सुण्डो र बिश्वकै अग्लो स्थानमा रहेको उपत्यका धो उपत्यकामा बिशेष महेत्सव मनाउने तयारी गरिएको जानकारी राज्यमन्त्री बुढाले दिए । उनले भने नागरीकले सके सम्म बेरोजगार बएर भौतारिएर बस्नु नपर्ने गरि बिकासका तथा पर्यटनका काम गराउने लक्ष्य रहेको बताए ।

बैशाख १ गते मुगुको रारामा हुन लागेको कर्णाली रारा पर्यटनको उद्धघाटनमा जानलगेका प्रधानमन्त्री केपि ओली शुक्रबार शे–फोक्सुण्डो तालको हवाइ भ्रमण गरि प्रख्यात बालात्रिपूरा सुन्दरी माताको मन्दीरमा पुजा गर्ने कार्यक्रम रहेकोले जिल्लाका सबै जनताहरु भेला हुने र एक घण्टाको कार्यक्रममा सहभागि हुने नेकपाएमाले डोल्पाका अध्यक्ष दत्तबहादुर रोकायाले जनकारी दिए । प्रधानमन्त्री आउने भए पछि जिल्लाको सुरक्ष ब्यवस्था कडा पारिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन