१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निजी विद्यालयलाई नियन्त्रण गर्नुपर्छः दाहाल

२९ चैत्र २०७४, बिहीबार ११:४८

चैत २९ चितवन | नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सामुदायिक विद्यालयको गुणस्तरको सुधार गर्दै निजी विद्यालयलाई नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ । 

पश्चिम चितवनको सुन्दरबस्तीस्थित आधारभूत विद्यालयको स्वर्ण महोत्सवको आज उद्घाटन गर्दै उहाँले सामुदायिक विद्यालयको भौतिक पूर्वाधारको विकास र शैक्षिक गुणस्तर वृद्धि गर्नुपर्ने बताउँदै भन्नुभयो, “निजी विद्यालयलाई विस्तारै नियन्त्रण गर्नेतिर जानुपर्छ, सामुदायिक विद्यालयतर्फ आकर्षण बढाउनेतर्फ सरकारको जोड रहनेछ ।” 

शिक्षा नीतिमा आमूल सुधार गर्नुपर्नेमा जोड दिँदै उहाँले बेरोजगार उत्पादन गर्ने शिक्षा नीति परिवर्तन गर्नुपर्ने बताउनुभयो । शिक्षा नीति ७० प्रतिशत प्राविधिक र ३० प्रतिशत साधारण हुनुपर्ने सुझाव दिँदै उहाँले सीधै रोजगारी सिर्जना गरेर विकास गर्ने शिक्षा नीति बन्नुपर्ने बताउनुभयो । 

फरक प्रसंगमा उहाँले सुकुम्बासी समस्या समाधानका लागि आफूहरुले गृहकार्य गरिरहेको र पूर्जा वितरण प्रक्रिया दुई चरणमा हुने बताउँदै पहिलो प्रक्रियामा घर दर्ता र दोस्रो प्रक्रियामा जग्गा दर्ता गरी लालपूर्जा वितरण गरिनेछ भन्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगा गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रअ भोजराज पौडेलले प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । कक्षा ८ सम्म पठनपाठन हुने उक्त विद्यालय विसं २०२४ मा स्थापना भएको हो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह