१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाँदरमुढे घटना जनयुद्धमा भएको सबैभन्दा ठूलो दुर्घटना र गल्ती: अध्यक्ष दाहाल

३० चैत्र २०७४, शुक्रबार ०७:२३

चैत ३० चितवन | नेकपा (माओवादी केन्द्र्र) का अध्यक्ष पुष्पकमल दाहालले चितवनको बाँदरमुढे घटना जनयुद्धमा भएको सबैभन्दा ठूलो दुर्घटना र गल्ती भएको दोहोर्याउनु भएको छ । 

बाँदरमुढे सहयोग समितिले आज माडीमा आयोजना गरेको छलफल कार्यक्रममा उहाँले बाँदरमुढे पीडितको घाउमा मल्हमपट्टी लगाउने आफ्नो नैतिक र राजनीतिक जिम्मेवारी रहेको बताउनुभयो । 

अहिले बलियो सरकार भएको भन्दै उहाँले राज्यका तर्फबाट हिजो भएका समझदारीअनुसार काम गर्न सकिने बताउनुभयो । 

बाँदरमुढे पीडितसँग निर्वाचनका समयमा आफूले गरेको तीन बुँदे सम्झौता कार्ययोजना बनाएर काम अगाडि बढेको उहाँले बताउनुभयो । यसअघिको सरकारले बाँदरमुढे घटनामा मृत्यु भएकालाई गरेको शहीद घोषणाप्रति कुनै विवाद नरहेको उहाँले प्रष्ट्याउनुभयो । 

घटनाका पीडितलाई परिचयपत्र वितरण गरेर सरकारका तर्फबाट राहतका काम अगाडि बढ्ने दाहालले बताउनुभयो । 

सो अवसरमा बाँदरमुढे पीडित संघर्ष समितिका अध्यक्ष मुक्ति न्यौपाने, मैना लामिछाने र विश्वनाथ पौडेलले घाइतेको औषधि उपचार निःशुल्क हुनुपर्ने, यसअघि भएका सम्झौता कार्यान्वयन हुनुपर्ने बाँदरमुढेका नाममा उठाइएको राहत रकम स्पष्ट गरिनु पर्नेलगायतका माग राखेका थिए । 

विसं २०६२ जेठ २३ गते तत्कालीन विद्रोही नेकपा माओवादीले थापेको विद्युतीय धरापमा परेर सार्वजनिक बसमा सवार ३८ जनाको मृत्यु भएको थियो भने ७२ घाइते भएका थिए । 

यसअघि आजै माडीमा जनप्रतिनिधिसँग अन्तरक्रिया गर्दै अध्यक्ष दाहालले निकुञ्ज ऐन, २०२९ संशोधनको पहल थाल्ने बताउनुभयो । 

सो क्षेत्रका निर्वाचित सांसदसमेत रहनुभएका दाहालले चितवन राष्ट्रिय निकुञ्ज जनतालाई बरदान नभएर अभिशाप भएको बताउनुभयो । 

उहाँले निकुञ्ज जनता बरदान हुने गरी ऐन संशोधन गर्न जोड दिनुभयो । उहाँले भन्नुभयो, “ऐन परिवर्तन गर्न नसके जनताको आन्दोलनमा म सहभागी हुन्छु ।” माडीको समृद्धि गर्न सके देशको समृद्धि हुने भन्दै उहाँले गाउँगाउँबाट विकास निर्माणका काम थाल्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा माडी नगरपालिकाका प्रमुख ठाकुर ढकाल, उपप्रमुख ताराकुमारी काजी महतो, नेकपा (एमाले) नगर इन्चार्ज नारदमणि पौडेल, जिल्ला समन्वय समितिका सदस्य चूडामणि महतोलगायतले त्यस क्षेत्रका समस्याका बारेमा दाहाललाई अवगत गराउनुभएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह