१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँ ट्रेड युनियन काँग्रेसमा भुसाल निर्वाचित

३० चैत्र २०७४, शुक्रबार ०७:३७

चैत ३० काठमाडौँ | नेपाल ट्रेड युनियन काँग्रेस काठमाडौँ जिल्ला कार्यसमितिको अध्यक्षमा देवीप्रसाद भुसाल निर्वाचित हुनुभएको छ । 

युनियनको छैँटौँ जिल्ला अधिवेशनको भर्खरै सम्पन्न मतगणनाअनुसार भुसालले ८२४ मत ल्याई निर्वाचित हुनुभएको हो । उहाँले निकटतम प्रतिद्वन्द्वी भगवती फुयाँललाई १८ मतले पछि पार्दै निर्वाचित हुनुभएको निर्वाचन अधिकृत जयराम श्रेष्ठले राससलाई जानकारी दिनुभयो । 

यस्तै, उपाध्यक्ष खुल्लामा ईश्वरकृष्ण घिमिरे, महिला उपाध्यक्ष तारादेवी केसी, सेवा उपाध्यक्ष धनप्रसाद पौडेल, उत्पादन उपाध्यक्ष उदयबहादुर लामा, उपाध्यक्ष अनौपचारिक योगेश केसी, सचिव विष्णुप्रसाद कोइराला, सहसचिव प्रह्लाद फुयाँल र राजनकुमार कार्की, कोषाध्यक्ष विमल तिमल्सेना र सहकोषाध्यक्षमा मोनिका तामाङ विजयी हुनुभएको छ । 

यसैगरी सदस्यमा उत्तम पौडेल, गणेश धिताल, गिरिराज अर्याल, धर्मसागर ढकाल, प्रभुदास न्यौपाने, गीता भट्टराई, नरमाया तिमल्सेना, सिर्जना अर्याल र याञ्जुदेवी दाहाल विजयी हुनुभएको निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । 

झण्डै दुई हजार ४०० मतदाता रहेको ट्रेड युनियन काठमाडौँमा एक हजार ६८९ मत खसेको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह