१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समृद्धिको मार्गप्रशस्त गर्न साना उद्योगको भूमिका महत्वपूर्ण: राज्यमन्त्री बाँस्कोटा

३० चैत्र २०७४, शुक्रबार १०:२३

चैत ३० काठमाडौँ | सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुकले लिएको आर्थिक समृद्घि र विकासको मार्गप्रशस्त गर्न लघु, घरेलु तथा साना उद्योगको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । 

नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँग मन्त्रालयमा कुरा गर्दै उहाँले मुलुकको समृद्घिको यात्रामा निजी क्षेत्र र सरकार सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । 

आर्थिक विकासको मेरुदण्डका रुपमा रहेका यस्ता उद्योगको विकासमा सरकार प्रतिबद्घ रहेको भन्दै उहाँले सूचना प्रविधिमार्फत उद्योग क्षेत्रको विकास गर्न मन्त्रालय तयार रहेको बताउनुभयो । 

आजको सञ्चारको क्रान्तिले मानव जीवन सहज बनाएको उल्लेख गर्दै राज्यमन्त्री बाँस्कोटाले सूचना प्रविधिमार्फत नेपाली उत्पादनलाई बजारसँग जोड्न तथा आम जनताको पहुँचमा पुर्याउन सकिने भनाइ राख्नुभयो । 

आर्थिक र सांस्कृतिकलगायत दुनियाँलाई नै एकै ठाउँमा ल्याइपुर्याएको सञ्चार क्षेत्रको उपलब्धिलाई देशको समृद्धितर्फ बदल्नुपर्ने बताउँदै उहाँले सूचना ज्ञान, शक्ति र सामथ्र्य मात्रै भएकाले यसलाई लघु, घरेलु तथा साना उद्योग विकासको माध्यम बनाउन पनि उद्योगी÷व्यवसायीलाई आग्रह गर्नुभयो । 

मुलुकको आर्थिक समृद्घिको मुख्य आधार साना उद्योग भएको भन्दै राज्यमन्त्री बाँस्कोटाले सूचना प्रविधिमार्फत मुलुकमा उद्योगधन्दा सञ्चालन र विकासको वातावरण बनाउनेतर्फ सरकारलाई ठोस सुझाव दिन आग्रह गर्नुभयो । 

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरिले लघु, घरेलु तथा साना उद्योगी आधुनिक प्रविधि र विकासको अभावमा हिजोदेखिकै परम्परागत वस्तु उत्पादनमै सीमित रहेको बताउनुभयो । 

कृषि, गैह्रकाष्ठजन्य वन, जडीबुटी तथा प्राकृतिक रेशाजन्य वस्तु, खनिजजन्य वस्तु (जेम्सस्टोन, महँगा पत्थर), पर्यटन, वैकल्पिक तथा नवीकरणीय ऊर्जा, सूचना तथा सञ्चार प्रविधिलगायत स–साना जलविद्युत्मा आधारित तुलनात्मक लाभका क्षेत्रमा उद्योग व्यवसाय विस्तार गर्नेतर्फ पर्याप्त ध्यान दिन नसककोतर्फ उहाँले ध्यानाकर्षण गराउनुभयो । ढाका, पश्मिना, सेरामिक, हस्तकलाजस्ता वस्तु उत्पादन गर्ने कार्यलाई मात्र निरन्तरता दिइरहेको छ अध्यक्ष गिरिले भन्नुभयो । 

अबका दिनमा व्यवसायलाई विविधीकरण गर्दै तुलनात्मक लाभका क्षेत्रमा लगानी गर्नुपर्ने भन्दै अध्यक्ष गिरीले तिनै तहका सरकारले यसमा सहजीकरणको भूमिका खेल्नुपर्दछ भन्ने महासंघको बुझाइ रहेको बताउनुभयो । 

मुलुकभर करिब तीन लाख ५० हजार घरेलु तथा साना उद्योग दर्ता भई झण्डै दुई लाख ५० हजार उद्योग सञ्चालनमा रहेको तथ्यांक छ । यस्ता उद्योगले कारखानाको आकार ग्रहण गर्न नसकी आम जनमानसमा यस्ता उद्योग पहिचानमा नरहेका, आवश्यक भौतिक पूर्वाधारको अभावमा कार्यस्थल व्यवस्थित हुन नसक्दा यस्ता उद्योगमा पुस्ता हस्तान्तरण हुन नसकेको कारणले यस क्षेत्रमा युवामा आकर्षण सिर्जना गर्न नसकिएको उहाँले बताउनुभयो । 

प्रतिनिधिमण्डलमा महासंघका सल्लाहकार वासुदेव गिरी, सुरेश प्रधान, सूर्यबहादुर कँडेल, उपाध्यक्ष अञ्जु उपाध्याय, महासचिव डम्बर रेग्मी, महासंघ काठमाडौंँका अध्यक्ष सीता कार्कीलगायतको सहभागिता रहेको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह