१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कृषि पेशालाई सम्मानित पेशाका रुपमा लिनुपर्छ: मन्त्री खनाल

३० चैत्र २०७४, शुक्रबार १०:३६

चैत ३० काठमाडौँ | कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले कृषि पेशालाई सम्मानित र मर्यादित पेशाका रुपमा लिनुपर्ने बताउनुभएको छ । 

फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा यहाँ आयोजना गरिएको २१औँ पुष्प मेलाको उद्घाटन गर्नुहुँदै कृषि मन्त्री खनालले माटो र मल खेलाउने व्यक्तिलाई राज्यले सम्मानजनक रुपमा लिनुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “नेपालको हावापानी उत्कृष्ट रहेकाले पनि पुष्प व्यवसायका लागि नेपाल उपयुक्त देश छ, अब फूल आयात होइन निर्यात गर्न हामी सफल रहनुपर्छ ।” उहाँले पुष्प व्यवसायीलाई लक्षित गर्दै भन्नुभयो, “उपयुक्त एजेण्डा लिएर आउनुस् कृषिमा अनुदानको रकम बढाउँछौँ । व्यवसायीले अन्तर्राष्ट्रिय निर्याततर्फ ध्यान दिन आवश्यक रहेको उहाँको भनाइ थियो । 

काठमाडौँ क्षेत्र नं २ का सांसद रामेश्वर फुयाँलले शारीरिक र मानसिक दुवै तरिकाबाट काम गर्नेलाई समान तरिकाले हेर्नुपर्नेमा जोड दिँदै देशको आर्थिक संवृद्धिका लागि कृषि क्षेत्र नै सबैभन्दा बढी बलियो आधार रहेको बताउनुभयो । 

एशोसिएसनका अध्यक्ष कुमार कसैँजु श्रेष्ठले उत्पादित कृषि वस्तु बजारीकरण र कृषिजन्य वस्तु प्रदर्शनीका लागि उपयुक्त कक्ष आवश्यक रहेकाले त्यस किसिमको वातावरण बनाइदिन सरकारसँग माग गर्नुभयो । ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ नाराका साथ भृकुटीमण्डपमा मेला शुरु भएको छ । 

मेलामा मौसमी फूल, आलङ्कारिक बोटबिरुवा, सभा सम्मेलनका लागि प्रयोग गरिने कट फ्लावर, फूलको गानो, बीउबिजन, हरितगृह, कृषि औजारजस्ता सामग्री छन् । मेलामा फूलका ८२ कक्ष रहेका छन् । 

नेपालमा विसं २०११ देखि शुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकास र विस्तारसँगै काठमाडौँ उपत्यकामा मात्रै नभएर मोफसलमा पनि फैलँदो स्थितिमा छ । हाल ४१ जिल्लामा करीब ६७८ पुष्प व्यवसाय विस्तार भइसकेको छ । करीब १५३ हेक्टर क्षेत्रफलमा यसको खेती हुँदै आएको बताइएको छ । अहिले यस व्यवसायमा ४३ हजारभन्दा बढी व्यक्ति सहभागी हुँदै आएका छन् । अझै पनि २० प्रतिशत फूल भारतबाट आयात गरिँदै आएको छ । 

उद्घाटन कार्यक्रममा लामो समयदेखि पुष्प व्यवसायमा उत्कृष्ट फूल उत्पादन गरेको भन्दै न्यू काठमाडौँ उपत्यकाको सन फ्लावर नर्सरी, ओम नर्सरी, मिलन नर्सरी, सिर्जना नर्सरी, सुनखरी पुष्प नर्सरी, इचङ्खुनारायण नर्सरी र सिर्जना कट फ्लावर नर्सरीलाई सम्मान गरिएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह