२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

लुम्विनी विश्वविद्यालयलाई पर्यटन र प्राविधिक बनाईनेः शिक्षा मन्त्री वराल

२ बैशाख २०७५, आईतवार ०६:४०

प्रेम सुनार/बैशाख–२ गुल्मी। पहिल्लै देखि व्यवहारिक शिक्षामा जोड दिदै आएका ५ नम्वर प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन वरालले  लुम्विनी विश्वविद्यालयलाई पर्यटन र प्राविधिक शिक्षालयका रुपमा रुपान्तर गर्नु पर्नेमा जोड दिएका छन् ।


आज विहान गुल्मीको चन्द्रकोट वहुमुखि क्याम्पस शान्तिपुरमा आयोजित अन्तरकृया कार्यक्रममा मन्त्री वरालले यस्तो कुरामा जोड दिएका हुन् ।  धार्मिक र  प्रर्यटकिय क्षेत्र लुम्विनीमा दक्ष जनशक्ति उत्पादन गर्न र यस प्रदेशको कृषि विकासका लागि पनि  जनशक्तिको खाँचो भएकोले उक्त विश्व विद्यालयलाई ति दुई विषयको पठन पाठन गराउन जरुरी भएको  उनलो धारणा थियो ।

त्यस्तै दाङ्गको संस्कृतिक विश्वविद्यालयलाई बहुभाषिक विश्वविद्यालमा रुपान्तरित गर्ने पहल भई रहेको समेत जानकारी दिए ।  ति दुई विश्व विद्यालय प्रदेशिक सरकारलाई हस्तान्तरण गर्न भनिएको , यदि भएन भने अर्को प्रादेशिक विश्व विद्यालय स्थापना गरेरै पनि यहाँको  उच्च शिक्षाको पहुँच गरिवको  सम्म पुराउन प्रदेश सरकारको जोड रहेको उनले बताए ।


जिल्ला शिक्षा कार्यालय खारेज भई ईकाईमा परिणत भएको तर सो कार्यालय प्रशासन मातहतमा रहनु भनेको कर्मचारीले संघियताको मर्म नबुझ्नु रहेको कुरा मन्त्री वरालले दोहराएका थिए ।

उनेले हिजो नयाँ वर्षको खुशी र शुभकामना आफ्नो जन्मस्थान चन्द्रकोटवासी संग साटा–साट गरेका  थिए  । उनलाई आफ्नो गाउँ हर्राचौरका कालिका आमा समुह सहितका गाउँवासीले स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए ।


मन्त्री वरालले  अमुल्य मत दिई आफुलाई अहिलेको स्थान सम्म पुराउने क्षेत्र नम्वर १ प्रदेश १ र सिंङ्गो गुल्मी जिल्लावासीलाई धन्यवाद दिदै जनताले आफु प्रति गरेको आशा भरोसा पुरा गरेरै छाड्ने प्रतिवद्धता जनाउँदै नयाँ वर्षको शुभकामना दिएका दिए ।

हिजै मन्त्री वरालले चन्द्रकोट मै आयोजित  छैंठौं ध्वादी महोत्सव २०७४÷०७५ को पनि उद्घाटन गरेका थिए । उद्घाटन समारोहलाई सम्वोधन गर्दै मन्त्री वरालले  विकासमा नमुना गुल्मी बनाउन यहाँबाट निर्वाचित जनप्रतिनिधी मात्र नभई सवै राजनैतिक दल र विकास प्रेमी सवै पक्ष एक ढिका हुनु पर्नेमा  जोड दिएका थिए ।


उनले हर्राचौरको गैढुुङ्गा स्थित गुरुङ्ग समुदायको  योजा तमु सामाजिक भवनको समेत उद्घाटन गरेका थिए । आज विहान चन्द्रकोट  वहुमुखि क्याम्पसको  विकास वारेमा पनि प्रदेश सरकारले पहल गर्ने प्रतिवद्धता जहारे गरेका थिए ।

अन्तरकृया कार्यक्रममा चन्द्रकोट गाउँपालिका प्रमुख द्रोणबहादुर खत्री , उपप्रमुख  राधिका उपाध्याय लगायतका जनप्रतिनिधी , राजनैतिक दल र सोरोकारवालाको सहभागिता थियो ।

आजै मन्त्री वरालले  शान्तिपुर ईलाका सामुदायिक विद्युतिकरण उपभोक्ता समुहद्धारा आयोजित सम्मान कार्यक्रम पछि  सहरकारी संस्था , अन्य संघ संस्थाका कार्यक्रममा सहभागि हुने र आजै उनको पार्टी माओवादी केन्द्रको भेलालाई पनि सम्वोधन गर्ने कार्यक्रम रहेको मन्त्री वरालका स्वकिय सचिव यदु ज्ञवालीले जानकारी दिए ।

मन्त्रीका सहयोगी पत्रकार रुद्रहरि कुँवरका अनुसार मन्त्री वराललाई  त्यहाँका सवै राजनैतिक दल  र सर्वसाधरणले भव्य स्वागत गरेका थिए । उनि मन्त्री भएपछि पहिलो पटक  आफुले पाएको अवसर र नयाँ वर्षको खुशी साट्न आफ्नो गाउँ पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल