१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

व्यापार घाटा घटाउन पर्यटन उद्योग सहयोगी हुने: नेता खनाल

२ बैशाख २०७५, आईतवार १०:१२

वैशाख २ विराटनगर | पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले भारतसँगको व्यापार घाटा कम गर्न पर्यटन उद्योग सहयोगी हुने बताउनुभएको छ । 

स्थानीय चारतारे बिग होटल उद्घाटनका क्रममा उहाँले छिमेकी मित्रराष्ट्र भारतमा यहाँको हिमाली पदयात्रालगायत धार्मिक पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न सकेमा यस क्षेत्रमा पर्यटकको कुनै कमी नहुने बताउनुभयो । 

विराटनगर–जोगवनी रोडमा अवस्थित आठ कट्ठा १० धुर जग्गामा रु ३० करोडको लागतमा निर्मित उक्त होटलमा ५३ वातानुकूलित कोठा छन् । 

छतले होटलमा स्विमिङपुल, दुई वटा लिफ्ट र पर्यटकको चाहनाअनुसार तीन वटा विशेष कोठा समेत छ । 

स्वदेशी तथा विदेशी गैरसरकारी संघसंस्था, नेपाली तथा भारतीय उद्योगी, व्यापारी र पर्यटकको बसाइँलाई सहज बनाउन होटल निर्माण गरिएको होटलका निर्देशक वीरेन्द्र न्यौपानेले बताउनुभयो । 

निर्माण व्यवसाय, कृषि तथा जलविद्युत् क्षेत्रमा कार्य गरिसकेका अवस्थामा प्रदेश नं को मागअनुसार स्तरीय होटल सञ्चालनमा ल्याएको अर्का सञ्चालक रुपमणि राजभण्डारीले बताउनुभयो । 

होटलमा आगामी दिनमा भारतीय पर्यटकको आकर्षणका लागि मिनी जुवा घर सञ्चालनमा ल्याउनाका साथै थप एक सेमिनार हल निर्माण गर्ने निर्देशक न्यौपानेले बताउनुभयो । 

उक्त होटलमा दक्ष जनशक्तिद्वारा नेपाली, भारतीय, चाइनिज र इटालिन खाना पकाउनाका साथै रु चार हजार ५०० देखि रु १० हजारसम्मका कोठा उपलब्ध छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह