२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मित्रराष्ट्रसँग व्यापार, लगानी र पर्यटनमा जोड दिइने: परराष्ट्रमन्त्री

२०७५, ३ बैशाख सोमबार १२:०८

वैशाख ३ काठमाडौँ | परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले छिमेकीसँगको मैत्रीपूर्ण र सन्तुलित सम्बन्धमा प्राथमिकता दिइने बताउनुभएको छ । 

परराष्ट्र मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपालको कूटनीतिक संयन्त्रलाई परिचालन गरेर सम्बन्ध विस्तार गरिने लक्ष्य रहेको बताउँदै समावेशी, प्रगतिशील, लोकतान्त्रिक मुलुकका रुपमा नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा चिनाएर आर्थिक सामाजिक विकास गरिने छ भन्नुभयो । 

सार्वभौमसत्ताको रक्षा, भौगोलिक अखण्डता र मुलुकको स्वाधीनता कायम गर्दै आर्थिक विकास र समृद्धिको गन्तव्यमा पुग्ने उद्देश्य प्रस्तुत गर्दै उहाँले मित्रराष्ट्रसँग व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार तथा विकास साझेदारसँग विश्वास र सद्भावको सम्बन्ध कायम गरी विकास र समृद्धिमा समर्थन र सहयोग जुटाइने बताउनुभयो । 

प्रधानमन्त्रीले हालै गर्नुभएको भारतको राजकीय भ्रमणबाट आपसी विश्वासलाई मजबुत बनाउन सहयोग पुगेको उहाँको भनाइ थियो । प्रदेश र स्थानीय सरकारका पदाधिकारी तथा संघीय सरकारका पदाधिकारीसँग कूटनीतिक भेटघाटलाई स्थापित अन्तर्राष्ट्रिय प्रचलनअनुकूल सहज र व्यवस्थित बनाउने प्रयास भएको मन्त्री ज्ञवालीले जानकारी दिनुभयो । 

परराष्ट्रमन्त्री चीन जाँदै 

छिमेकी मित्रराष्ट्र चीनका विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आज मन्त्री ज्ञवाली त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । विदेशमन्त्री वाङसँग औपचारिक द्विपक्षीय भेटघाट गर्ने र बेजिङ त्यहाँका उच्च राजनेतासँग भेटघाटको कार्यक्रम रहेको मन्त्री ज्ञवालीले जानकारी दिनुभयो । उहाँले भ्रमणका क्रममा विगतमा भएका सहमतिलाई कार्यान्वयन गर्ने विषयमा छलफल हुने बताउनुभयो । 

मन्त्री ज्ञवालीका अनुसार पारवाहन, अन्तरदेशीय प्रसारण लाइन, सडक एवं अन्य प्राथकिताका क्षेत्रमा छलफल हुनेछ । उहाँ आगामी शनिबार स्वदेश फर्कने कार्यक्रम छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन