2026-10-18 12:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

‘भाषण होइन, काम गरेर देखाउनुपर्छ’

बैसाख ३, अर्घाखांची | जिल्ला समन्वय समिति प्रमुख पिताम्बर शर्माले राजनीति क्रान्ति र अधिकारको आन्दोलन सकिएकाले अब आर्थिक क्रान्ति गरेर मुलुकलाई सम्बृद्ध पार्ने बेला आएका बताउनुभएको छ। 

उनले सरकार, सांसद र जनप्रतिनिधि एकजुट भएर जिल्ला र गाउँको विकास गरेर देखाउनुपर्ने बताउनुभयो । रिपोर्टर्स क्लवले सन्धिखर्कमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै शर्माले विकास योजनाको बजेटमा पारदर्शी गरेर जनप्रतिनिधिले काम गर्नुपर्नेमा जोड दिनुभयो । अब भाषण गरेर मात्रै सम्बृद्धि हुँदैन, काम गरेर देखाउनुपर्छ, उहाले भन्नुभयो । अहिलेको सरकारलाई काम गरेर देखाउने ठुलो अवसर भएको भन्दै सरकार भत्काउने र बनाउने समस्या छैन, त्यसैले सम्बृद्धिको अभियानमा भाषण भन्दा पनि गरेर देखाउनुपर्ने बताउनुभएको छ । 

जिल्ला न्यायाधीश रामचन्द्र पौडेलले स्वतन्त्रता सहितको विकास र सम्बृद्धिले मात्रै देस विकसित राष्ट्र बन्ने बताउनुभएको छ । उहाले कानुनको पालना सबैले गरेर विकासका गतिविधि अगाडी बढाउनुपर्ने बताउनुभयो । सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालले कृषि, पशुपालन, उत्पादनबाट नगरलाई सम्बृद्ध पार्न योजनाबद्ध रुपमा लागि परेको जानकारी दिनुभएको छ । नगर उपप्रमुख ठाकुर विकले पूर्वाधार विकास, कृषि, पर्यटन, उद्यमशील तालिम र विकासका काम गरेर नमुना नगर बनाउने काम भैरहेको बताउनुभयो । 

एमाले जिल्ला सचिव रामबहादुर चौहानले जिल्ला पशु, कृषि र उत्पादनमा संभावनाको खानी नै भएकाले यसलाई जनप्रतिनिधिले उपयोग गरेर काम गर्नुपर्नेमा जोड दिनुभएको छ । कार्यक्रममा प्रहरी नायव उपरीक्षक एकनारायण कोइराला, सहप्रध्यापक मञ्जु घिमिरे, अन्तर पाटी महिला सञ्जालकी अध्यक्ष शुसिला गैरे, पत्रकार महासंघका अध्यक्ष हिम लेकाली लगायतले सम्बृद्धिको अभियानमा सबै सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो । कार्यक्रम क्लवका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता, विरेन्द्र केसीको स्वागत मन्तब्य र  गणेश खनालको सञ्चालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु