२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओलीले पार्टी एकता नभई माओवादीलाई सिध्याउने रणनीति अपनाएको माओवादीको निश्कर्ष

२०७५, ३ बैशाख सोमबार १७:१५

बैशाख ३, काठमाडौँ | माओवादी र एमालेबीच हुने भनिएको एकताको बिषयलाई लिएर बिभिन्न अड्कलबाज्नी हुँदै गर्दा माओवादीले एकताको बिषयमा नयाँ निष्कर्ष निकालेको छ । माओवादीले एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले सम्मानजनक ढंगबाट पार्टी एकता गर्ने नभएर माओवादीलाई सिध्याउने र आफूसँग विलय गराउने कूटनीति अपनाएको निश्कर्ष निकालेको छ ।

माओवादी नेताहरुले ओली पार्टी एकताको अर्थमा नभई पेलान गर्ने र माओवादीलाई सिध्याइदिने मनस्थितिमा रहेका बताएका छन् । प्रधानमन्त्री ओलीको सरकार सञ्चालनको कार्यशैली बारे असन्तुष्ट भएको माओवादीले ओलीको कार्यशैलीप्रति आपत्ति समेत जनाउँदै आएको थियो । ओलीको कार्यशैलीलाई माओवादी नेताहरुले सतर्क भएर हेरेका छन् ।

ओलीले माओवादीलाई फसाएर आत्मसमर्पण गराउने र सिध्याउने रणनीति लिएको माओवादी नेताहरुको आरोप छ । प्रचण्डलाई अध्यक्ष बनाउने आश्वासन दिएर एकतामा लान आटेका ओलीले माधव नेपाललाई पनि महाधिवेशनपछि पार्टी अध्यक्ष बनाउँने भनेपछि ओली माओवादी नेताहरुको शंकाको घेरामा छन् । 

यसअघि ओली भारत भ्रमणमा रहेका बेला गृहमन्त्रीले माओवादी नेताहरुसँग बैठक राखी ओलीको कार्यशैलीप्रति आक्रोश व्यक्त गरेका थिए । ओलीले सचिवहरुको सरुवा गर्दा माओवादी निकट मन्त्रीहरुसँग कुनै सरसल्लाह नगरेपछी मनोमानी गरेको माओवादीको आरोप छ । सचिव सरुवा गर्दा माओवादी नेता प्रचण्ड सँग समेत छलफल नगरेपछि माओवादी नेताहरु ओलीको कार्यशैलीलाई संकास्पद रुपमा हेरीरहेका छन् । माओवादी नेताहरुले अहिले पार्टी छुट्टा-छुट्टै हुँदा त ओलीले यस्तो कार्यशैली अपनाउँछन् भने पार्टी एक भएपछी के गर्लान ? भन्दै ओलीको आलोचना गरेका छन् । माओवादी नेताहरुको अनुसार भारतसँग सम्बन्ध सुध्रिएपछि ओली माओवादीलाई पेल्ने मुडमा देखिएका छन् । भारतले सिकाएको पाठलाई अबलम्बन गर्दै ओलीले गरेको ब्यबहार पछिल्लो पटक माओवादीलाई मन परेको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित