८ चैत्र २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुनाव चिन्हको विषय टुंगिएको छैन: अध्यक्ष दाहाल

५ बैशाख २०७५, बुधबार ०६:५९

वैशाख ५ चितवन | नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले दुई पार्टी मिलेपछि चुनाव चिन्ह के हुने भन्ने विषयमा टुंगो लागिनसकेको बताउनुभएको छ । 

प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले चुनाव चिन्हका विषयमा छलफल जारी नै रहेको बताउनुभयो । 

दुई पार्टीका बीचमा कुरो नमिलेको भन्ने विषय नरहेको तर छलफल हुन बाँकी रहेको उहाँले प्रष्ट्याउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओली र आफू आज कार्यक्रममा व्यस्त हुने भन्दै उहाँले भोलि दुई अध्यक्षका बीचमा बैठकपछि पार्टी एकता घोषणाको मिति तय हुने बताउनुभयो । 

उहाँले भन्नुभयो, “वैशाख ९ गते अल्ली भ्याइँदैन कि, कोसिस गर्दैछौं ।” त्यसो हुँदै गर्दा पनि वैशाख महिनाभर भने नलाग्ने उहाँको भनाइ छ । यकिन मिति दुई अध्यक्षले टुंग््याउने भए पनि पार्टी एकताका लागि धेरै दिन कुर्न नपर्ने उहाँले बताउनुभयो । 

दुईवटा कार्यदलले प्रस्तुत गरेका प्रतिवेदनमाथि हिजोबाट गम्भीर ढंगले छलफल शुरु भएको भन्दै उहाँले कतिपय विषयमा कार्यदलले टुंगो लगाउने जिम्मा दुई अध्यक्षलाई दिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “कतिपय भाषा परिमार्जन गर्नुपर्ने, कतिपय विषयमा कार्यदलले रिपोर्ट बुझाउँदैमा यो विषयमाथि टुंग््याउने भन्दै आफ्नो तहबाट अध्यक्षको तहमा ल्याएका छन् । त्यस्ता विषय छलफल गरेर टुंग््याउने भनिएको छ ।” 

गृहमन्त्री रामबहादुर थापाको नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनमा विधानमा जनयुद्धलाई कसरी प्रस्तुत गर्ने, जनआन्दोलनलाई के भन्ने, निर्वाचन चिन्हलाई कसरी मिलाउने, एकताको मोडालिटीमा केन्द्रीय समिति, प्रादेशिक समिति, जिल्ला समिति कसरी के आधारमा मिलाउने कुरामाथि नै छलफल होस् भनेर लिखित दिएको उहाँले बताउनुभयो । यी विषयमा छलफल भइरहेको दाहालको भनाइ थियो । 

अर्काे एक प्रश्नमा दाहालले भन्नुभयो, “शक्ति बाँडफाँडका विषयमा कुरा नमिलेको होइन । तपाईहरु भ्रममा नपर्नुहोस् ।” दुई पार्टीको बराबरी सिद्धान्तमा प्रतिनिधित्व गराउने भन्दै उहाँले भन्नुभयो, “दुई अध्यक्षले नाम लिएर जाने, राम्रा मान्छेको राम्रो समिति बनाउने । त्यसो गर्दा सकेसम्म सम्मानजनक र बराबरीको सिद्धान्तमा गर्ने भन्ने कुरामा कुनै विमति छैन ।” सञ्चार माध्यममा अनावश्यक हल्ला मात्रै आएको उहाँले बताउनुभयो । 

प्रधानमन्त्रीका कार्यशैलीका विषयमा छलफल भएको स्वीकार्दै उहाँले अधिकार प्रधानमन्त्रीलाई भए पनि सचिव सरुवालगायतका विषयमा विधि प्रक्रियामा समन्वय नभएको हो कि भनेर आफूले छलफल गरेको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकमा लोड भएको मार्बलले च्याप्दा एक मजदुरको मृत्यु, एक घाइते आज रातिदेखि आइतबार साँझसम्म मौसम खराब हुने सम्भावना भारतबाट फर्केपछि मन्त्री राणा- सरकारको सिस्टम नै परिवर्तन हुनेजस्तो आशय मैले देखिनँ चन्द्रागिरिको सामुदायिक वनमा लागेको आगो नियन्त्रण बाहिर आगलागीका घटनाबाट ६ जनाको मृत्यु, ३८ परिवार विस्थापित चोरीका २७१ वटा मोबाइल, ९ ट्याब र १५ ल्यापटपसहित ७ जना पाकेटमार पक्राउ एक्सले हाल्यो भारत सरकारविरुद्ध मुद्दा धनुषामा प्रहरीकाे हवाई फायर दस जनाले पाए प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार उच्च अदालत परिसरमा रविलाई प्रश्न, तपाईं राजावादी हो, रास्वापा लाइन के हो? कैलालीको जंगलमा अनुमति बिनै १०० भन्दा बढी विदेशी नागरिकको बसोबास, प्रशासनको २४ घण्टे अल्टिमेटम विश्वकप छनोट: कोलम्बियालाई हराउँदै ब्राजिल दोस्रो स्थानमा काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध रविले गराए उच्चमा निवेदन दर्ता मुलुक गम्भीर अवस्थामा छ, क्रान्तिका लागि तयार बनौं : रवि लामिछाने पर्सामा प्रहरीबाटै कुटिए वडाध्यक्ष एकै विद्यालयका ८ जना जुम्ल्याहा एसईई दिँदै युट्युब भिडिओ हेरेर एक युवकले आफ्नै पेटको शल्यक्रिया गरेपछि… बेलायतको सबैभन्दा ठूलो विमानस्थल २४ घण्टाका लागि बन्द ०८४ सम्म प्रधानमन्त्री बन्ने दौडमा छैन : प्रचण्ड इजरायलविरुद्ध हमासको जवाफी आक्रमण, तेल अभिभमा ३ मिसाइल प्रहार