2026-07-06 12:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

अन्तर्राष्ट्रिय प्राज्ञिक क्षेत्रमा प्रतिष्पर्धा गर्ने शिक्षा आवश्यक छ: मुख्यमन्त्री

2018-04-20

वैशाख ७ हेटौँडा | प्रदेश नं ३ प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अन्तर्राष्ट्रिय प्राज्ञिक क्षेत्रमा प्रतिष्पर्धा गर्न सक्ने शिक्षाको विकासलाई संघीय सरकारले उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने बताउनुभएको छ । 

उहाँले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दक्ष जनशक्ति उत्पादन गर्ने प्राज्ञिक क्षेत्रलाई राजनीतिबाट मुक्त तुल्याउनुपर्छ भन्नुभयो । 

मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले आगामी वर्षदेखि प्रदेश नं ३ अन्तर्गतका १३ जिल्लामा सडक यातायात, कृषि, स्वास्थ्य, खानेपानी र शिक्षाको विकासका कार्यक्रम र बृहत् योजनालाई कार्यान्वयन गर्ने लक्ष्य बताउनुभयो । 

सो अवसरमा प्रतिनिधिसभाका सदस्य विरोध खतिवडा र मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले शैक्षिक गुणस्तरलाई अभिवृद्धि गर्न स्थानीय अभिभावक एवं राजनीतिक दलका पदाधिकारीको सकारात्मक सहयोग हुनु पर्नेमा जोड दिनुभयो । 

मुख्यमन्त्री पौडेलले जिल्ला शिक्षा कार्यालय मकवानपुरद्वारा विद्यार्थी भर्ना अभियानअन्तर्गत आज राष्ट्रिय माध्यमिक विद्यालयमा स्थानीय जेनिसा प्रजा र सञ्जीव ब्लोनलाई भर्ना गरी अभिभावकत्व गर्नुभएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै