१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

कम्प्युटर सिक्दै रुकुमका जनप्रतिनिधि

७ बैशाख २०७५, शुक्रबार ०९:३०

वैशाख ७ रुकुम | रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका जनप्रतिनिधिले कम्प्युटर सिक्न शुरु गरेका छन् । 

गाउँपालिका तथा वडाबाट हुने सिफारिस, निवेदनलगायतका काम कम्प्युटरबाट गर्नुपर्ने भएपछि वडाध्यक्षहरु, गाउँपालिकामा गठन भएका छ वटा विषयगत समितिका संयोजक र गाउँपालिका उपाध्यक्षले कम्प्युटर सिक्न थालेका हुन् । 

कम्प्युटर प्रयोग गर्न नआउँदा समस्या हुने भएपछि जनप्रतिनिधिले तालीमको आयोजना गरेर सिक्न थालेका हुन् । 

प्रविधिमा कमजोर भएपछि गाउँपालिकाले नै जनप्रतिनिधिलाई प्रविधिका बारेमा जानकारी गराउने उद्देश्यले तालीम सञ्चालन गरिएको बाँफिकोट गाउँपालिकाका अध्यक्ष धर्मबहादुर केसीले बताउनुभयो । 

तालीममा सहभागी १० वडाध्यक्ष, छ विषयगत समितिका संयोजक र गाउँपालिकाका उपाध्यक्ष गरी १७ जनाले माइक्रोसफ्ट अफिस, एक्सल, प्रिन्ट गर्ने विधिलगायत प्राविधिक शिक्षा पढिरहनुभएको छ । 

प्रविधिको प्रयोग गरेर सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले आधारभूत कम्प्युटर तालीमको आयोजना गरिएको अध्यक्ष केसीको भनाइ छ । गाउँपालिका तथा वडा कार्यालयबाट हुने सम्पूर्ण कामको अभिलेख कम्प्युटरमा राख्न लागेकाले जनप्रतिनिधिलाई कम्प्युटर सिकाउनुपरेको अध्यक्ष केसी बताउनुहुन्छ । 

तालीमपश्चात् वडा तथा विषयगत समितिबाट हुने काम कम्प्युटरबाट शुरु गरिने छ । वडा र विषयगत समितिलाई एक–एक सेट ल्यापटप तथा कम्प्युटरको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह