२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यातायात सिन्डिकेटबारे सर्वोच्चले दियो यस्तो परमादेश

२०७५, ९ बैशाख आईतवार १८:२६

वैशाख १०, काठमाडौँ | सर्वोच्च अदालतले यातायात क्षेत्रमा भएको सिन्डिकेट बारे परमादेश जारी गरेको छ । न्यायाधीश द्वय आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संयुक्त इजलासले यातायात क्षेत्रमा भएको बेथिति र अव्यवस्था छानबिन गर्न भन्दै उच्चस्तरीय आयोग गठन गर्न सरकारका नाममा परमादेश जारी गरेको हो ।

सर्वोच्चले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, अर्थ वाणिज्य मन्त्रालय तथा यातायात व्यवस्था विभागलाई यस्तो आदेश दिएको हो । मुद्दाको सुनुवाइपछि सर्वोच्चले जाँचबुझ आयोग ऐन २०२६ अनुसार आयोग गठन गरी प्रतिवेदन पेस गर्न आदेश दिएको छ ।

सर्वोच्चको आदेश अनुसार अब सवारीसाधनको गुणस्तर, सडकको न्यूनतम मापदण्ड, प्रदूषणको अवस्था, रुट पर्मिट, यातायात साधन सञ्चालन विधि, सञ्चालन र व्यवस्थापनसँग जोडिएका निकायको पारदर्शिता र जवाफदेहिताका विषयमा छानबिन हुनेछ भने सुरक्षा, क्षतिपूर्ति, दुर्घटनामा दायित्व निर्धारणलगायत विषयमा सर्वोच्चको आदेशानुसार बन्ने उच्चस्तरीय आयोगले अध्ययन गर्नेछ । आदेशमा भनिएको छ ‘यातायात क्षेत्रमा रहेका बेथिति र अव्यवस्था पहिचान गरी कानुनी, नीतिगत र व्यवस्थापकीय पक्षमा गर्नुपर्ने सुधारका विषयमा समेत अध्ययन गरी प्रतिवेदन पेस गर्न एक उच्चस्तरीय आयोग गठन गर्नेतर्फ कानुनबमोजिम आवश्यक कार्य गर्नू/गराउनू ।’ 

त्यस्तै सर्वोच्चले यातायात व्यवसायसँग सम्वन्धित समस्या, यात्रुहरुको गुनाशोको आधारमा, सडकको अवस्थाको आधारमा, यात्रुको चापको आधारमा साधनको संख्या, खेप तथा कमाइको सुनिश्चितता गर्न भनेको छ भने आन्दोलनका नाममा हुने नोक्सानीको क्षतिपूर्ति, यातायात मजदुरको सुरक्षालगायत विषयमा अध्ययन गर्न आदेश दिएको छ । 

सर्वोच्चले स्वच्छ प्रतिस्पर्धा, सिन्डिकेट, कार्टेलिङलगायतका विषयमा यस अदालतबाट पटक–पटक निर्णय भएपनि बेथिति नहटेको उल्लेख गरेको छ । त्यति बेलाको आदेश पनि न्यायाधीश द्वय आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संयुक्त इजलासमा नै जारी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ