१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

प्रदेश ३ मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

११ बैशाख २०७५, मंगलवार ११:३३

वैशाख ११, हेटौँडा | प्रदेश नं ३ को मन्त्रिपरिषद्ले आफ्नो नीति तथा कार्यक्रम आज प्रदेशसभामा पेश गरेको छ । 

प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । 

निजी तथा कार्यक्रममा संविधानसभाले सर्वाधिक लोकतान्त्रिक विधिबाट २०७२ असोज ३ गते जारी गरेको प्रगतिशील र लोकतान्त्रिक संविधनले सबैखाले राजनीतिक संक्रमणको अन्त्य गरी जननिर्वाचित प्रतिनिधिहरुको अगुवाइमा विकास, स्थिरता र समृद्धिको मार्ग खुल्ला गरेको उल्लेख छ । 

प्रदेश प्रमुख कोइरालाले देश स्थायित्व, समृद्धि, तीव्र विकास र आपसी एकताको वृद्धिको चरणमा प्रवेश गरेको र अब समतामूलक, समाजवादउन्मुख, पूर्ण लोकतान्त्रिक दिशामा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले यस प्रदेशमा सुरुङमार्गमार्फत छोटो दूरीको पहुँच र एक जिल्ला एक विशिष्टीकरण उत्पादन, प्राविधिक शिक्षाको स्थापना र विस्तार, नयाँ शहरहरुको अध्ययन, निर्माण र विस्तार, जोखिममा रहेका बस्तीको स्थानान्तरण, वैज्ञानिक भू–उपयोग नीतिअनुसार भूमिको व्यवस्थापन गर्ने कार्यक्रमलाई सरकारले दृढतासाथ कार्यान्वयन गर्ने, प्रदेशभित्र व्यापक रुपमा रोजगारीको अवसर सिर्जना गर्ने र उद्यमशीलता विकास गर्ने लक्ष्य राखेको बताउनुभयो । 

प्रदेश नं ३ को नीति र कार्यक्रममा सडक यातायात, सञ्चार, ऊर्जा विकास र विस्तार, कृषि, पर्यटन, सेवा क्षेत्रको आधुनिकीकरण, गुणस्तरीय र सर्वसुलभ शिक्षा र स्वास्थ्य, स्वच्छ खानेपानी, उद्योग र व्यापारको समुचित विकासलगायत दिगो विकास लक्ष्य ताकिएका छन् । 

प्रदेश नं ३ का मुख्य मन्त्री डोरमणि पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा टेबल गर्नुभएको थियो । सभासद् रामेश्वर फुयाँलले सरकारका तर्फबाट नीति तथा कार्यक्रम सम्बोधन गर्नुभएकामा प्रदेश प्रमुख कोइरालालाई धन्यवाद दिनुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै