2026-09-08 08:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुनैपनि हालतमा सिन्डिकेट अन्त्य गरेरै छाड्छौं: मन्त्री थापा

वैशाख १८ काठमाण्डौ। गृहमन्त्री रामबहादुर थापाले निर्वाचनपछि सुरु हुन लागेको शान्ति र स्थायित्व कायम हुन नदिई अस्थिरतामा लैजान केही शक्ति लागेको बताए ।

प्रदेश स्तरीय सुरक्षा गोष्ठीका लागि हेटौंडा आएका मन्त्री थापाले यस्तो बताएका हुन् | 

उनले भने “छायाँ सरकारको नाममा कतिपय ठाउँमा घटना घटाउने काम भइरहेको छ, यस्ता अस्थिरता फैलाउने सबैखालका घटना नियन्त्रणका लागि सरकार कटिबद्ध छ।”

नेपाली भूमिमा जाति, धर्मको नाममा अस्थिरता फैलाउने शक्तिको चलखेल बढेको भन्दै उनले विकासको बाधक मानिएका भ्रष्टाचार, तस्करी र सिन्डिकेटलाई अन्त्य गर्न जरुरी रहेको पनि बताए ।

सरकारले थालेको सिन्डिकेट अन्त्य गर्ने अभियान कुनै पनि अवस्थामा नरोकिने भन्दै गृहमन्त्री थापाले सिन्डिकेटलाई खारेज गर्न सरकार प्रतिवद्ध रहेको बताए ।  “सिन्डिकेटलाई सहयोग गर्ने सबैलाई कारबाही गर्छौ।” उनले भने |

राज्यको शान्ति सुरक्षाको नीतिलाई तल्लो तहसम्म कार्यान्वयनमा लगाउने अभियानमा गृहमन्त्रालय लागि परेको पनि उनले बताए ।

स्थायित्वका लागि सुदृढ वामशक्ति आवश्यक रहेको भन्दै थापाले एमाले र माओवादी एकतापछि देशको राजनीतिक स्थायीत्वलाई थप सुदृढ हुने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग