Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश १ को प्रदेशसभाको पहिलो अधिवेशन अन्त्य, ११ विधेयक पारित

२०७५, २६ बैशाख बुधबार १५:२१

–प्रभाष झा/मनोज दाहाल | वैशाख २६, विराटनगर | प्रदेश नं १ को पहिलो प्रदेशसभा अधिवेशन ११ वटा विधेयक पारित गर्दै आजदेखि अन्त्य भएको छ । 

यससम्बन्धी प्रदेश प्रमुख डा गोविन्दबहादुर तुम्वाहाङबाट प्राप्त पत्र सभामुख प्रदीपकुमार भण्डारीले पढेर सुनाउनुभएको थियो । अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुनेछ । 

प्रदेशसभाको पहिलो बैठक गत माघ २२ शुरु भएको थियो । 

प्रदेशसभामा उठाइएका विषयमा सरकार गम्भीर छः मुख्यमन्त्री 

प्रदेशसभा बैठकलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार र प्रदेशसभाले राम्रो गतिका साथ कार्य गरिरहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “प्रदेशसभाले तीन महिनाको अवधिमा ११ विधेयकहरु पारित गर्नुका साथै धेरै उपलब्धिहरु प्राप्त गरी यस बिन्दुमा पु¥याउन सफल भएको छ ।” 

ऐतिहासिक उपलब्धिलाई संस्थागत गर्ने जिम्मेवारी आफूहरुको काँधमा रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “यस्तो अवसर पहिलोपल्ट पाएकाले हामीहरु शौभाग्यशाली छौँ । त्यसैले संविधान र सङ्घीयतालाई कार्यान्वयन गर्न सक्षमताका साथ एक भएर लाग्नु पर्दछ ।” 

प्रदेशसभामा सहकार्य र समझदारीको संस्कृतिका कारण थोरै समयमा प्रदेशसभा र सरकारले गति लिन सकेको भन्दै मुख्यमन्त्री राईले सकारात्मक भूमिका निर्वाह गरेकामा प्रमुख प्रतिपक्ष दललगायत अन्य नेताहरुप्रति आभार प्रकट गर्नुभयो । 

राष्ट्रिय एकता र अखण्डतालाई सर्वोेपरी राख्दै पारस्पारिक सहयोगको मान्यताका साथ प्रदेश सरकारले काम गर्ने अठोट पनि उहाँले व्यक्त गर्नुभयो । 

प्रदेश १ चिया, लालीगुराँस र रुद्राक्षको राजधानीका रुपमा पहिचान पनि हुने गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो – “धार्मिक, सांस्कृतिक सम्पदा हामीसँग रहेकाले सबै प्रदेशसँग प्रतिस्पर्धा गर्दे श्रेष्ठता हासिल गर्न तत्पर हुनु पर्दछ ।” 

उहाँले शून्य र विशेष समयमा उठाइएका महत्वपूर्ण विषयमा सरकार गम्भीर रहेको जानकारी गराउनुभयो । 

पर्यटन तथा धार्मिक क्षेत्रको विकास, बेरोजगारी समस्या, नदीमा तटबन्ध निर्माणका साथै १०० दिनको कार्यक्रमलाई पूरा गर्न प्रदेश सरकार अग्रसर रहेको पनि उहाँले बताउनुभयो । 

११ विधेयक पारित 

प्रदेशसभाको पहिलो अधिवेशनले प्रदेशसभा नियमावली २०७४, प्रदेश आर्थिक कार्यविधि विधेयक २०७४, विनियोजन विधेयक, प्रदेश सार्वजनिक लिखत प्रमाणीकरण (कार्यविधि विधेयक), गाउँसभा र नगरसभा सञ्चालन (कार्यविधि) विधेयक २०७५ पारित गरेको थियो । 

यसैगरी, आकस्मिक कोष सञ्चालन विधेयक २०७५, जिल्लासभाको सञ्चालनका निम्ति व्यवस्था गर्न बनेको विधेयक २०७५, मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवा र अन्य शर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ पनि यो अधिवेशनबाट पारित भयो । 

अन्तिम बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले राजनीतिक परिवर्तनको अनूभूति जनताले पाउन एकद्वार नीतिबाट सेवा सुविधा उपलब्ध गराउन सरकारको ध्यानार्कषण गराउनुभयो भने संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता जयराम यादवले जनताका सुझावलाई केन्द्रबिन्दुमा विकास योजना अघि बढाउन सरकारलाई आग्रह गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ