२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

सत्ता पक्षले प्रमुख प्रतिपक्षलाई कमजोर बनाउन सक्दैनः कांग्रेस सचेतक क्षेत्री

२०७५, २८ बैशाख शुक्रबार १५:१८

वैशाख २८, अर्घाखाँची ।  नेपाली कांग्रेस पाँच  नम्वर प्रदेश संसदिय दलका सचेतक निर्मला क्षेत्रीले सत्ता पक्ष दलहरुले प्रमुख प्रतिपक्ष दल कांग्रेसलाई कमजोर बनाउन नसक्ने बताएकी छिन् । उनले प्रतिपक्ष दललाई पेल्न खोजे कांग्रेस सहेर नबस्ने चेतावनी समेत दिइन । 

रिपोर्टर्स क्लव अर्घाखाँचीले सन्धिखर्कमा गरेको सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै उनले कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताइन । ‘मुलुकका ठूला-ठूला राजनीतिक परिवर्तन कांग्रेसकै नेतृत्वमा भइरहेका छन्’ उनले भनिन, ‘कांग्रसको भूमिकालाई सत्ता पक्षले चाहेर पनि अवमुल्यन गर्न सक्दैन ।’ उनले  सरकारले गरेका राम्रा कामको समर्थन गर्दै नराम्रा कामका बिरुद्ध निरन्तर खवरदारी गरिरहने बताइन । ‘सरकारले गर्ने हरेक गतिविधिमा हाम्रो निगरानी रहिरहन्छ’ उनले थपिन, ‘सरकारले गलत गरे कांग्रेस जनतालाई साथमा लिएर सडकमा जान्छ ।’ 

उनले जिल्लाको विकासका लागि सबै सांसदहरु एकजुट रहेको बताइन । उनले जिल्लालाई समृद्ध बनाउन जिल्लाबाट निर्वाचित सबै सांसदहरुका बीचमा छलफल परामर्स भइरहेको बताइन । ‘सबै मिलेर जिल्लाको विकासलाई उचाइमा पुर्याउने संकल्प गरेका छौं’ उनले भनिन, अर्घाखाँचीका सांसदहरुको एकताबाट अरु जिल्लाका सांसदहरु पनि प्रभावित भएका छन् ।’क्षेत्रीले पाँच वर्ष भित्रमा जिल्लाले विकास निर्माणमा धेरै फड्को मार्ने भन्दै यो अवधिमा ठूला’ठूला परियोजना सम्पन्न गर्ने गरि काममा लागेको जानकारी दिइन । जिल्लाको विकासका लागि सबै पार्टीगत स्वार्थ भन्दा माथि उठ्नु पर्नेमा उनको जोड थियो । उनले मुलुकका परिवर्तनकारी आन्दोलनहरुलाई सफल तुल्यान पत्रकारहरुले खेलेको भूमिकाको जति प्रशंसा गरे पनि नपुग्ने बताइन । सुशासन विना समृद्धिले सार्थकता नपाउने भन्दै सुशासनका लागि मिडियाको भूमिका अहम रहेको बताइन । 


 कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका संयोजक पिताम्वर शर्मा भुसालले स्थानीय तहका कामलाई पारदर्शी बनाउन जिससले निरन्तर अनुगमन तथा निरिक्षण गरिरहने बताए ।  ‘जिससले योजनाको ड्राफ्ट माग्दा स्थानीय तहहरुले दिएका छैनन’ उनले भने ‘हामीले आफ्नो अधिकार प्रयोग गरेर काममा लाग्नमा कुनै कसुर बाँकी राख्दैनौं ।’ उनले केहि जनप्रतिनिधिहरुले आस्थाका आधारमा भेदभाव गरेको गुनासाहरु जिससमा आउने गरेको बताए । ‘निर्वाचनमा भोट नदिएकै कारण, सिफारिस नदिने, अन्य काममा पनि दुःख दिने गरेका गुनासाहरु आउने गरेका छन्’ उनले भने, ‘ त्यस्ता जनप्रतिनिधिहरुलाई कारवाहीको दायरामा ल्याउनुपर्छ ।’

सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विकले नगरपालिकाले नागरिकले प्रत्यक्ष अनुभूति गर्ने ढंगले कामहरु गरिरहेको बताए । उनले  सूचनाको हकको नाममा खुल्याम धम्काएर बार्गेनिङ्ग गर्ने कामले तिव्रता पाएको भन्दै यस्ता गतल कामलाई प्रश्रय दिन नहुने बताए । ‘सन्धिखर्क नगरपालिकालाई पनि बदनामित गर्ने काम भएको छ’ उनले भने, हामीले गलत गरेका छैनौं, वार्गेनिङ्ग गर्नेसँग डराउनु पर्ने आवश्यकता छैन ।’ पत्रकार महासंघका अध्यक्ष हिम बहादुर जिसी लेकालीले जिल्लाका पत्रकारहरुमा अपसी एकता रहेको भन्दै  समृद्धिको अभियानलाई सफल तुल्यान पत्रकारहरुका कमल निरन्तर चलिरहने बताए । पत्रकार महासंघका पाँच नम्वर प्रदेश सदस्य अशोक खनालले पत्रकारहरुले एनजिओ सञ्चालन गरेर अपारदर्शी ढंगले कामहरु गरेको भन्दै त्यस्लाई निरुत्साहित गर्न जिल्ला कार्यसमितिले उचित कदम चाल्नु पर्ने बताए । कार्यक्रममा विभिन्न पदमा निर्वाचित भएका पत्रकारहरुलाई सम्मान गरिएको छ । 

पत्रकार महासंघ पाँच नम्वर प्रदेश सदस्यमा जिल्लाबाट  निर्वाचित शोभाखर पन्थी, प्रेमनारायण आचार्य,र अशोक खनाललाई रिपोर्टर्स क्लवले सम्मान गरेको छ । यस्तै वानको प्रदेश सदस्यमा निर्वाचित श्याम घिमिरे,नेपाल पर्यटन पत्रकार संघका प्रदेश संयोजक जितेन्द्र खत्री, क्रान्तिकारी पत्रकार संगठनको केन्द्रीय सदस्यमा निर्वाचित अनिल नेपालीलाई पनि सम्मान गरिएको छ । उनीहरुलाई कांग्रेस सचेतक क्षेत्रीलेले सम्मान गरेकी हुन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ