१ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

प्रदेश १ को स्थायी राजधानी र नामाकरण जेठ भित्र

३० बैशाख २०७५, आईतवार १३:४०

वैशाख ३०, विराटनगर | प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको स्थायी राजधानी र यसको नाम आगामी जेठ महिनाभित्रै सहमतिमै कायम हुने बताउनुभएको छ । 

नेपाल पत्रकार महासंघ प्रदेश नं १ निर्वाचन समितिद्वारा आज यहाँ आयोजित प्रमाणपत्र वितरण तथा पदस्थापन समारोहलाई सम्बोधन गर्दै उहाँ सो कुरा बताउनुभएको हो । 

मुख्यमन्त्री राईले अनलाइन र सामाजिक सञ्जाललाई व्यवस्थित गर्न महासंघको भूमिका आवश्यक रहेको भन्दै प्रेस स्वतन्त्रतालाई कुनै पनि किसिमको अंकुश नलगाउने कुरामा जोड दिनुभयो । 

उहाँले समाजलाई नकारात्मक असर पर्ने कुनै पनि किसिमको प्रायोजित समाचार वा सूचना सम्प्रेषण नगर्न सञ्चारकर्मीलाई आग्रह गर्दै सञ्चारकर्मीको न्यूनतम पारिश्रमिक दिलाउन आफ्नो भूमिका सकारात्मक रहने बताउनुभयो । 

प्रदेश नं १ का उपसभामुख सरस्वती पोखरेलले मुलुकलाई छिट्टै विकास गर्न संघीय संरचनाले धेरै ठूलो भूमिका निर्वाह गर्ने बताउनुभयो । 

प्रदेशसभा सदस्य केदार कार्की र जयराम यादवले समाजको ऐनाका रुपमा काम गर्ने सञ्चारकर्मी लोभ र लालचमा पर्न नहुने बताउनुभयो । 

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले व्यावसायिक एवं मर्यादित पत्रकारिता आजको आवश्यकता भएकाले यसमा सञ्चारकर्मीले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । 

महासंघका महासचिव रमेश विष्टले सञ्चारकर्मीले जहिले पनि सत्य, तथ्य समाचार सम्प्रेषण गर्नमा क्रियाशील रहनुपर्ने र यही आधारभूत आधारबाट आचारसंहिता कायम रहने उल्लेख गर्नुभयो । 

यही वैशाख २२ गते सम्पन्न निर्वाचनमा महासंघका प्रदेश नं १ अध्यक्ष विक्रम लुईंटेल, उपाध्यक्ष सोमनाथ सुसेली र स्मीता निरौला, महासचिव विवेक गौतम, सचिवद्वय हरिकृष्ण राई र बुद्धवीर राई, कोषाध्यक्ष अम्बिका भण्डारीलगायत २१ पदाधिकारीलाई प्रमाणपत्र वितरण तथा पदस्थापन गराइएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोली हानेर श्रीमतीको हत्या पिएसएल अक्सनमा बिक्री भएनन् नेपाली खेलाडी एमाले केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ आज तोलामा आठ सय रुपैयाँले घट्यो सुनको भाउ, चाँदीको कति? इजरायल र हमास युद्धविरामको नजिक, यी विषयमा जुट्यो सहमति ‘माघे संक्रान्ति धार्मिक,सांस्कृतिक, र प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण पर्व’ चालु आर्थिक वर्षको ६ महिनामा उठ्यो ५ खर्ब ५९ अर्ब राजस्व २०८१ को एसईई परीक्षाको समयतालिका सार्वजनिक, यस्तो छ रुटिन प्रधानमन्त्री केपी शर्मा ओलीले दिए माघे संक्रान्तिको शुभकामना आज देशभर माघे सङ्क्रान्ति पर्व मनाउँदै मंगलबार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना जब भारतीय विदेशमन्त्रीले आरजुलाई सोधे: नेपालमा आएर कसैले मान्छे मारेको भए मिटिङ हुन्थ्यो? रवि फेरी हिरासतमा: अदालतअघि प्रधानमन्त्रीविरुद्ध उत्तेजक नाराबाजी मन्त्रिपरिषद्ले के-के गर्‍यो निर्णय ? सुत्केरी भएकी महिलालाई ६ महिनासम्म मासिक ४ हजार आजपनि सकिएन थुनछेक बहस, रवि लामिछानेलाई हिरासतमै पठाउन आदेश विश्वकप अघिको अभ्यास खेलमा वेस्ट इन्डिजसँग नेपाल पराजित परराष्ट्रमन्त्री राणालाई प्रश्नः नेपाली राहदानी विश्वमै कमजोर हुनुमा दोषी को हो? शेयर बजार लगातार ओरालो, कारोबार कति ?