2026-09-19 10:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

तरुणदल खोटाङको प्रशिक्षण सम्पन्न

चिसाङ शेर्पा | जेठ ५, खोटाङ | नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुणदल खोटाङले एक दिने अगुवा तरुणहरुको प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कांग्रेसका जिल्ला स्तरीय विशिष्ट नेताहरुको उपस्थितीमा सहभागीहरुलाई कांग्रेसको इतिहासमा तरुण दलको पृष्ठभूमि, तरुण दलको वर्तमान परिप्रेक्ष्य, कांग्रेस र तरुण दलको बिशेषता तथा तरुण दलको बिगत, वर्तमान र भविष्यको कार्ययोजना विषयक कार्यपत्रमा प्रशिक्षण दिईएको थियो ।

नेपाली कांग्रेस पार्टी कार्यालय दिक्तेलमा शनिबार भएको प्रशिक्षण कार्यक्रममा पुर्व पार्टी सभापति विष्णुकुमार राईले कांग्रेसको ईतिहासमा तरुण दलको पृष्ठभूमि, नेपाल तरुण दलका केन्द्रिय तथा महासमिति सदस्य दिनेश कुमार राईले तरुण दलको सान्र्दभिकता, महाधिवेशन प्रतिनिधि डा. राजकुमार राईले कांग्रेस र तरुण दलको बिशेषता, कांग्रेस जिल्ला सचिव ईच्छु रानाले तरुण दलको बिगत, वर्तमान र भविष्यको कार्ययोजना बिषय क कार्यपत्रमा प्रशिक्षण दिनुभएको तरुण दल खोटाङले जनाएको छ । 

कार्यक्रममका प्रमुख अतिथि तथा नेपाली कांग्रेसका जिल्ला सभापति नरेश कुमार श्रेष्ठले जिल्लामा राष्ट्रियता, लोकतन्त्र, समाजवाद र तरुण एकतालाई आर्दश मान्दै सवै तरुणहरुलाई गोलवन्द गराएर लैजान तरुण दलले अगुवाई गर्न आवाश्यक रहेको बताउनुभयो । समय समयमा गरिने प्रशिक्षणले गोलवन्द हुन तरुणहरुलाई अगाडी बढ्न प्रेरणा दिने सभापति श्रेष्ठले बिश्वास ब्यक्त गर्नुभयो । 

प्रशिक्षण कार्यक्रमलाई समापन गर्दै कार्यक्रमका सभापति भीषण राईले अब, तरुण दल प्रशिक्षण कार्यक्रम सवै स्थानिय तहमा पनि गरिने बताउनुभयो । कार्यक्रममा क्षेत्र नम्बर १ का सभापति इश्वर राई, महाधिबेशन प्रतिनिधि जितेन्द्र सिं ठकुरी, महासमिति सदस्य तथा सांसद हिरा गुरुङले तरुण दलका सम्पुर्ण एकजुट हुनुपर्ने बताउनु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई