2026-08-29 09:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

कम्युनिष्टलाई तानाशाही बन्न जनताले बहुमत दिएका होइनन्: कृष्ण सिटौला

ढुंगेललाइ सफाइ दिनुभन्दा पहिले पिडितपक्षको सहमति चाहिन्थ्यो

जेठ १८, बुटवल | नेपाली काग्रेसका केन्द्रिय सदस्य कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेसमा आमूल परिवर्तन आवश्यक रहेको बताएका छन् । कांग्रेसले गर्नुपर्ने केही कुराहरुमा गल्ती भएको बताउँदै उनले कांग्रेसका धेरै कुराहरुमा आमूल परिवर्तन आवश्यक रहेको बताए । 

‘महासमितिमा बैठकमा कुराहरु राखिन्छ ’ – उनले भने –‘ नयाँ कार्यदिशाले मात्रै सबै क्षेत्रमा प्रतिपक्षको भुमिकामा रहने छ । ’ 

रिपोर्टर्स क्लव नेपाल ५ न प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व  महामन्त्री समेत रहेका सिटौलाले नेपाली कांग्रेसमा केहि बिषयमा बादबिबाद भईरहेको बताउँदै यसले नेपाली कांग्रेसलाई जिवन्त राखेको बताए ।

उनले भने –‘ हाम्रो पार्टि स्वस्फूर्त छ , कांग्रेसको अरुको भन्दा फरक चरित्र छ । स्वाभीमान ब्यक्ति मात्र कांग्रेस बनेको छ यसमा जबरजस्ती कसैलाई पार्टि प्रवेश गराईएको छैन् । ’

नेपाल र कांग्रेसको सम्बन्ध एक अर्कामा परिपुरक जस्तो भएको भन्दै प्रतिपक्षमै भएपनि कांग्रेसले नेपाल बचाउने बताए  ।

सरकारले प्रस्तुत गरेको निति तथा कार्यक्रम सिधै पास गर्नु नै कांग्रेसको गल्ती भएको बताए । 

उनले राजनितिक दलबाट सामन्ती प्रभाव हट्नुपर्ने बताए । उनले राजनितिक दलमा हावी रहको सामन्ती संस्कार नहट्दा सम्म पार्टि जिवन्त नरहेने बताए । 

‘सिंगो राजनितिमा बिकृति छ सामन्ती सरकारको प्रबृत्ति छ । पार्टिभित्र भईरहेको सामन्ती प्रभाव हट्न सकेनन् । – उनले भने । ’

पूर्व महामन्त्री सिटौलाले टिप्पणि गर्नुपर्ने बेला नआएको बताए । उनले केन्द्रमा बल्ल बजेट आएको बताउँदै प्रदेशलाई निर्देशन दिने निकाय पनि नभएको बताए । संघियताको पहिलो अभ्यासको प्रक्रियामा रहेको बताउँदै ५ वर्षपछि केही टिप्पणि गर्न सकिने बताए । 

सरकारको कामबाट सन्तुष्ट हुन नसकिने भन्दै उनले सरकारले बहुमतको दम्भ देखाउन खोजेको आरोप लगाए । 

राजनितिक दलका नेताहरुले आफ्नो स्वार्थ भन्दा माथी उठेर कार्य गर्नुपर्ने भएपनि त्यसलाई परिवर्तन गरेर आफ्नो मात्र हेरीएको बताउँदै योे समन्ती र चाकडीपना भएको बताए । 

तानाशाही बन्न जनताले सरकारलाइ बहुमत  दिएका होइनन्

सरकार तानाशाहि बन्ने कोशिषमा लागेको भन्दै उनले जनताले बहुमतको शासन चलाउन अधिकार दिएपनि तानाशाहि बन्न नदिएको उल्लेख गरे ।

मुलुकले राजनितिक स्थायीत्व नभए सम्म देश ठिक नहुने बताउँदै सरकारले आफ्नो कार्य सहि रुपमा सफल गरोस भन्दै शुभकामना ब्यक्त गरे । 

सामन्ती संस्कार अन्त्य गर्ने कुरा गरीरहँदा कांग्रेसमा पनि केही आमूल परिवर्तनको आवश्यकता रहेको बताए । सरकारसंग बहुमतको शासन भएको बताउँदे तानाशाही बन्न कोही खोज्न नहुने बताए । 

कुनैपनि पनि पार्टिभित्र रहेको सामन्ती संस्कार हटाउनुपर्ने उनको जोड छ ।

आत्मनिर्भर बनाउने बजेट खै त ?

नेपाली कागसका पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलाले सरकारल् पेश गरेको  बजेट उत्साहीत नभएको बताएका छन् । उनले देशलाई आत्मनिर्भर बन्ने कुराहरु र बैदेशिक रोजगारीमा युवाहरुलाई पठाउने निति राम्रो नभएकोे बताए । 

ढुंगेललाइ सफाइ दिनुभन्दा पहिले पिडितपक्षको सहमति चाहिन्थ्यो

सिटौलाले हालै सरकारले रिहाइ गरेका बालकृष्ण ढुंगेल प्रकरणमा सरकारले सफाई दिन खोजेमा पिडितपक्षको सहमति बाट मात्र निर्णय लिनुपर्ने बताउँदै उनले सरकारले गल्ती गरेको बताए ।

उनले भने–‘ राज्यले सफाई दिने अवस्थामा पिडित पक्षको पनि सहमतीले मिनाह हुन्छ । राज्य आफैले माफि दिन उपयुक्त ठान्छ भने पिडित पक्षलाई सोध्नुपर्छ ।’ 

रिपोर्टर्स क्लव नेपाल ५ नम्बर प्रदेशका प्रमुख राम कुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कपिल ज्ञवालीले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो