2026-10-16 04:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

विप्लब नेतृत्वको नेकपाद्वारा गाउँपालिका अध्यक्षलाई तत्काल राजिनामा दिन अल्टिमेटम

जेठ २१, अर्घाखाँची | विप्लब नेतृत्वको नेकपासँग सम्बन्धित जनपरिषद् नेपाल, जिल्ला समिति प्यूठानले झिमरुक गाउँ पालिकाका अध्यक्ष तिलक जि.सी.लाई आफ्नो पदबाट तत्काल राजिनामा दिन अल्टिमेटम दिंदै पत्र पठाएको प्रति नेकपा मसालले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

राष्ट्रिय जनमोर्चाको तर्फबाट निर्बाचित झिमरुकका पालिका अध्यक्ष जि.सीलाई दलाल सत्ताको कथित प्रतिनिधिको संज्ञा दिंदै जेष्ठ ७ गते राजिनामाको माग सहित पत्र पठाएको नेकपा मसालले जनाएको छ । तत्काल राजिनामा नदिए जनकार्बाही गर्ने चेतावनी सहित जनपरिषद् नेपाल, प्यूठानले पठाएको पत्रको खण्डन गर्दै मसालका महामन्त्री मोहन विक्रम सिंहले यसलाई आफुहरुले गम्भिर रुपमा लिएको र कडा शब्दमा भ्रत्सना गरेको बताउनुभएको छ । 

महामन्त्री सिंहले आज एक प्रेस बक्तव्य जारी गर्दै बिप्लभ नेतृत्वको नेकपासित मसालले पार्टी एकताका लागि छलफल चलाउने, तात्कालिक रूपमा सहमति भएका विषयहरूमा कार्यगत एकता गर्ने लगायतका निर्णय गरेको स्मरण गराउंदै विप्लव नेतृत्वको नेकपाले ठाउँठाउँमा हिंसात्मक गतिविधिहरू सञ्चालन गरेको, आफ्नो पक्षका कतिपय जनप्रतिनिधिलाई कारवाही गर्ने धम्की समेत दिने गरेकाले नेकपासित कुनै भेटघाट नगर्ने तथा नेकपासित कुनै कार्यगत एकता नगर्ने निर्णय गरेको जानकारी दिनुभएको छ । 

महामन्त्री सिंहले मसाल निकटका जनप्रतिनिधिका विरुद्ध अपनाइने त्यस प्रकारको चेतावनीलाई तुरुन्त फिर्ता लिन बिज्ञप्ती मार्फत नेकपालाई चेतावनी दिंदै त्यस प्रकारको कुनै कारवाही गरिएमा त्यसको कडा प्रतिरोध गर्ने चेतावनी समेत दिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु