Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजनीतिलाई अपराधिकरणतर्फ उन्मुख गराएको कमल थापाको आरोप

२०७५, २५ जेष्ठ शुक्रबार ११:४७

जेठ २५ हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले फौजदारी अभियोग लागेका सांसदको पद निलम्बन नहुने गरि नियमावली पारीत गरेर राजनीतिलाई अपराधिकरणतर्फ उन्मुख गराएको बताउनुभएको छ । 

फौजदारी अभियोग लागेका सांसद निलम्बन नहुने कानुन बन्नु अत्यन्तै आपत्तिजनक र घोर भत्सर्नायोग्य भएको बताउँदै अध्यक्ष थापाले उक्त कानुन बन्नुले अपराधीकरणलाई प्रोत्साहन गर्ने, र अपराधीहरु राजनीतिमा क्रियाशिल हुने भएकोले देश अराजकतातर्फ धकेलीने बताउनुभयो । नेपालको विकास गर्न धर्म संस्कृतिलाई नष्ट गर्नु पर्दैन भन्ने वैचारिक कित्तामा राप्रपा अडिग भएको र धर्म संस्कृतिलाई नष्ट गर्नुपर्छ भन्ने वैचारिक कित्तामा नेपाल कम्युनिष्ट पार्टी भएकोले यही वैचारिक कित्ताबीच अब संर्घष हुने उहाँको धारणा थियो ।

अध्यक्ष थापाले कांग्रेसलाई पनि राप्रपाको कित्तामा आउन आह्वान गर्दै कांग्रेसले बेलैमा आफ्नो वैचारिक कित्ता स्पष्ट नगरे प्रजा परिषदको हैसियतमा पुग्ने औंल्याउनुभयो ।

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको आयोजनामा हेटौंडामा आयोजित प्रदेश नं. ३ स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राप्रपाको अबको बाटो भनेको संगठन निर्माण, जनपरिचालन र जनसंघर्ष रहेकोले सकृयतापूर्वक संगठन सुदृढीकरणमा केन्द्रित हुन युवाहरुलाई आग्रह गर्नुभयो । अब निराशाको चरण समाप्त भइसकेको भन्दै अध्यक्ष थापाले गाउँगाउँमा संगठन विस्तारमा जुट्न सहभागि युवाहरुलाई निर्देशन दिनुभयो ।

भेलालाई सम्बोधन गर्दै पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङले युवा पुस्ताको साथ सहयोग र समर्थन लिएर राष्ट्रियता, हिन्दुत्व, प्रजातन्त्र र आर्थिक समृद्धिको एजेन्डा लिएर राप्रपा आन्दोलनमा जाने स्पष्ट पार्नुभयो । उपाध्यक्ष तामाङले आफु बुद्धिष्ट भएपनि देशको पहिचानको रक्षाको निमित्त हिन्दु राष्ट्रको पक्षमा रहेको बताउनुभयो ।

कार्यक्रममा प्रदेश नं. ३ का सांसद रिता माझी, राप्रयुसंका अध्यक्ष प्रकाश रिमाल, युवा नेताहरु मधु अधिकारी, निरन्जन थापा, बिनोद भारती, शुक्र प्रजालगायतले सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ